३१ वैशाख, काठमाण्डौ । नेपालको एकमात्र राष्ट्रिय बसपार्क गोँगबुको नयाँ बसपार्कमा अपांगमैत्री शौचालय निर्माण भएको छ । पचास वर्षका लागि नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिले शारीरिक रुपमा अपांग भएका यात्रुलाई लक्षित गरी शौचालय निर्माण गरेको हो ।