२३ फाल्गुन २०८२, शनिबार
विकास

दुई दशकपछि औद्योगिक क्षेत्रको काम अघि बढ्दै

महेन्द्रनगर, ५ भदौ । प्रक्रियागत अल्झनका कारण लामो समयदेखि अलपत्र परेको कञ्चनपुरको दैजिछेला औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढेको छ । २०५३ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको सरकारले सो औद्योगिक क्षेत्र स्थापना गर्न पहिलो पटक बजेट विनियोजन गरेको थियो