१३ बैशाख २०८१, बिहिबार

तपाईको अनुहार गोरो र चम्किलो अब यी फलफूलको बोक्रावाट


beauty

एजेन्सी, हामी प्राय स्वास्थ्यलाई स्वस्थ राख्नको लागि विभिन्न खालका फलफूलहरु खाने गर्छौं तर हामीलाई थाहा हुँदैन की बोक्रासँगै खाँदा हाम्रो स्वास्थ्यको लागि फ़ाइदजनक हुन्छ भनेर। त्यसै यहाँ तल दिएका फलफूल खाँदा बोक्रासँगै खाने गर्दा राम्रो हुनेछ ।

मेवा: मेवाले कब्जियत, अपच, ग्यासजस्ता समस्याबाट छुटकारा दिलाउँछ । यसको बोक्रा पनि छालाका लागि निकै फाइदाजनक मानिन्छ । अनुहारमा लगाउँदा विभिन्न प्रकारका लाभ पाइन्छन् । यसमा भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले यसले चाउरीपनाबाट राहत प्रदान गर्दछ ।

खरबुजा: खरबुजा गर्मी महिनामा मात्र पाइन्छ । यसले हाम्रो शरिरमा पानीको कमीलाई केही हदसम्म पूरा गर्ने गर्दछ । खरबुजाको बोक्राको पेष्टलाई अनुहारमा लगाउँदा दाद, एक्जिमाको समस्या टाढा रहन्छ भने यसले छालालाई विशेष चम्किलो पनि राख्छ ।

सुन्तला: सुन्तलामा भिटामिन सी हुन्छ । भिटामिन हाम्रो छालाको लागि निकै फाइदाजनक मानिन्छ । जसलाई सुन्ताला खान मनपर्दैन उनीहरुले सुन्तलाको बोक्रा अनुहारमा प्रयोग गर्न सक्नुहुन्छ । सुन्तलाको बोक्रालाई पेस्ट बनाएर अनुहारमा लगाउँदा ब्ल्याकहेड्स टाढा भाग्छ र छालाका विभिन्न समस्याबाट छुटकारा पाइन्छ ।

अनार: अनारको बोक्राको प्रयोग छालाका लागि निकै राम्रो मानिन्छ । घाममा जानूभन्दा पहिले यदि तपाईंलाई सनस्क्रिन लगाउँदा एलर्जी हुन्छ भने अनारको बोक्राको पेस्ट लगाउन सक्नुहुन्छ । यसले तपाईंलाई दाग धब्बाबाट जोगाउँछ र घामले डढ्नबाट पनि जोगाउँछ ।

केरा: केराको बोक्रामा भरपुर मात्रामा पोषक तत्व पाइन्छ । यसमा भिटामिन बी–सिक्स, बी–१२, म्याग्नेसियम र कार्बोहाइड्रेट हुन्छ । केराको बोक्रामा एन्टिअक्सिडेन्ट हुन५ जसले स्ट्रेसलाई कम गर्ने गर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !