७ बैशाख २०८१, शुक्रबार

पढ्नुहोस्, कुन महिनामा जन्मिएका महिलाको स्वभाव कस्तो हुन्छ ?


girl hate

एजेन्सी, मानिसको स्वभाव जन्म भएको महिना, गते र बार अनुसार पनि फरक-फरक हुने ज्योतिषको भाई रहेको पाइन्छ ।

बैशाख
बैसाख महिना जन्मिएका महिलाहरु प्धेरै जसो धनवान, राम्रो चित्त र बिचार हुने गरेको पाइएको छ । थोरै खर्च गर्ने, क्रोधभएका सुन्दर आँखा भएका मायालु हुन्छन । यिनको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ ।
जेठ
यो महिना जन्म भएका महिला धेरै जसो विदेशमा बस्न चाहने, राम्रो ब्यबहार भएका र लामो आयु भएका हुने गर्छन । यिनको जीवन पनि मा सुख र धनमा बित्ने गर्दा छ । जेठ महिनामा जन्मिने महिला नया-नया ठाउँहरु घुम्न मनपराउने खालका हुन्छन ।
असार
असार महिनामा जन्मिएका महिलाको मीठो बोली हुने गर्छ भने यिनीहरुको आवाजमा मधुरता हुन्छ । यिनका श्रीमानको स्वभाव पनि मायालु खालको हुन्छ । धेरै मेहनत र परिश्रम गरेर उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त गर्ने गर्दछन ।
साउन
यो महिना जन्मिएका महिलाले पधेरै राम्रो र धार्मिक काम बढी मन लगाउँने गर्छन । साउन महिनामा जन्मिएका नारी सहयोगी हुन्छन । जीवनमा सुख प्राप्त हुने गर्दा छ ।
भाद्र
भाद्र महिनामा जन्म लिएका महिलाको राम्रो बोली सरल स्वभाव हुने गर्दछ । उनीहरूका श्रीमान पनि अत्यन्तै सुख र प्रेम हुने गर्छन । यो महिनामा जन्मिएका महिला प्राय धेरै बोल्ने स्वभावका हुन्छन ।
असोज
यो महिनामा जन्मिएका महिला धेरैजसो चञ्चल स्वभावका हुन्छन । उनीहरू कसैसँग कुरा गर्दा पनि सर्तकता अपनाउँने गर्छन । यस महिना जन्मिएका महिलाहरु अत्यन्त पवित्र र गुणवान हुने गर्छन ।
कार्तिक
कार्तिकमा जन्मिएका महिला बुद्धिमानी, मिठो बोले गर्छन । यी महिलाले आफ्ना श्रीमानलाई आफ्नो अधिनमा राख्छन । यो महिनामा जन्मिएका महिला बढी रिसाउने हुन्छन ।
मंसीर
मङ्सिरमा जन्मिएका माहिला मिठोबोल्ने, धन धर्ममा विश्वास गर्ने, मिलनसार, झुटो कुरा मन नपराउने, अरुलाई उपकार गर्ने प्रकारका हुन्छन् ।
पुष
पुषमा जन्मिने महिला आफ्नै कामबाट भाग्य निर्माण गर्ने गर्छन । समाजमा मान सम्मान पाउने र निडर अत्यन्तै क्रोधी स्वभावका पनि हुने गर्छन ।
माघ
माघ महिनामा जन्मिएका महिला सुन्दर अनुहार भएका सरल स्वभावका अलि जिद्दी र अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने स्वभावका हुन्छन् । निकै बुद्धिमानी र चञ्चल स्वभावका पनि हुने गर्छन ।
फागुन
फागुन महिना जन्मिने महिला अरुको उपकार गर्ने, धनवान, विद्यावान, सुखी र विदेश भ्रमण गर्ने खालका हुन्छन् । उनीहरू कसैको पनि दुःख देख्न सक्दैनन् ।
चैत
यो महिनामा जन्मिएका महिला निकै चलाख र चतुर हुन्छन् । सुन्दर हुनुका साथै चञ्चल स्वभावका कारण अरुलाई छिटो आकर्षण गर्छन् । धनबाट पनि उनीहरू लाभान्वित हुन्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !