१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

कतारमा मृत्यु भएका श्रीमान्को शव कुर्दै

नवीन नेपाली, नारायणपुर, ५ असार । प्रत्येक शुक्रबार सम्झनाले कतारमा रहेका श्रीमान्सँग कुरा गर्नुहुन्थ्यो । हप्ताभरिको सुखदुःख फोनमार्फत सम्झनालाई फुलीरामसँग साट्ने बानी परिसकेको थियो । बालबच्चाको पढाइदेखि भान्साको नुनतेल र साहु ऋणको बारेमा कुरा गरेर योजना बन्थ्यो सम्झनाको परिवारमा ।