७ जेष्ठ २०८१, सोमबार

ट्युनिसिया र इटालीबीच सहयोग, क्षेत्रीय सुरक्षाबारे छलफल


Nepalpatra

ट्युनिस, १८ असार । ट्युनिसियाका रक्षामन्त्री अब्देलकरिम जेविदीले इटालीका सेनाप्रमुख एन्जो भेसियारेल्लीसँग भेटवार्ता गर्नुभएको छ ।

दुवै अधिकारीहरुबीच ट्युनिसिया र इटालीबीचको सैनिक सहयोगका सम्भावित क्षेत्रका बारेमा छलफल भएको ट्युनिसियाको रक्षा मन्त्रालयले जनाएको छ । उहाँहरुबीच क्षेत्रीय सुरक्षाका बारेमा पनि विचारविमर्श भएको थियो ।

जेविदीले ट्युनिसियाको विकासमा सहयोग गर्ने तथा उत्तरी अफ्रिकी मुलुकमा सुरक्षा व्यवस्थामा सघाउने इटालीको प्रयत्न र चाहनाप्रति आभार व्यक्त गर्नुभएको थियो ।

लिबियामा जारी संघर्षका सन्दर्भमा सोधिएको एक प्रश्नमा ट्युनिसियाका रक्षामन्त्री जेविदीले द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि वार्ता नै सबैभन्दा उत्तम विकल्प भएकामा जोड दिनुभयो ।

इटालीका सेनाप्रमुख भेसियारेल्लीले लिबियामा सक्रिय विभिन्न लडाकू समूहले तत्काल युद्धविराम गरी मुलुकमा स्थायित्व ल्याउनुपर्नेमा जोड दिनुभयो । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !