८ जेष्ठ २०८१, मंगलबार

आज २०७७ साल बैशाख २५ गते बिहिवारको राशिफल


आजको राशिफल

आज २०७७ साल बैशाख २५ गते बिहिवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

आज शुभ समाचार सुन्न पाइएला । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक र वैदेशिक क्षेत्रको कामपनि अघी बढ्नेछ ।

बृष

आज प्रविधि मार्फत आफन्तसंग भेट घाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । स्वादिष्ट भोजनपनि पाईनेछ ।

मिथुन

आज रोकिएको धन हात पर्ला । धर्म कर्म,परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कारपनि पाइनेछ ।

कर्कट

लाभ, हानी, आय, व्यय, सुख, दु:ख वरावरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने भयपनि छ ।

सिंह

शुभकार्यको चर्चा चल्नेछ । आज दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

कन्या

आज प्रेमीको सहयोग प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

तुला

अरुलाई प्रभावित पारेर काम बन्नेछ । घर भित्रको मनोरञ्जनमा सहभागी भइएला । व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।

बृश्चिक

आज सरकारी निकाएको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । परिवारमा झैँ-झमेलाको अवस्था आउन सक्छ ।

धनु

नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । पदोन्नतीको सम्भावना छ ।

मकर

आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । कलकारखाना र बन्दव्यापारमा नयाँ योजना बन्नेछ ।

कुम्भ

सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

मीन

बन्न लागेको काम विग्रिनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । (स्रोत : हाम्रो पात्रो – https://www.hamropatro.com, ज्यो.प. नारायणप्रसाद दुलाल)

यो पनि पढ्नुहोस्

आज २०७७ साल बैशाख २४ गते बुधवारको राशिफल

आज २०७७ साल बैशाख २३ गते मंगलवारको राशिफल

आज २०७७ साल बैशाख २२ गते सोमवारको राशिफल

आज २०७७ साल बैशाख २१ गते आइतवारको राशिफल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !