११ बैशाख २०८१, मंगलबार

नेपालकी राष्ट्रिय विभुति माता सीता र उनको पतिव्रता


माता सीता

सीता नेपालकी राष्ट्रिय विभूति हुन् । सीतालाई राजा जनककी छोरी भन्ने गरिन्छ । तर वास्तवमा उनी जनकले जन्माएकी छोरी होइनन् । राजा जनकले यज्ञको निम्ति उपयुक्र ठाउँ खोजी गर्न सुनको हलोले जमीनमा जोत्ने क्रममा हलोको सियोमा भेट्याएर पालनपोषण गरेका थिए । जनकले धर्मपुत्रीका रूपमा पालेको हुनाले उनी जानकी भइन्, हलोको सियोबाट उत्पन्न भएकीले उनी सीता भइन्, विदेह राजाकी छोरीका रूपमा उनी वैदेही भइन् र भगवान् विष्णुले पृथ्वीको भार उतार्न राम अवतार लिएकाले उनकै काममा सघाउन मानव जीवन लिएकी लक्ष्मीको रूप हुन् भनी पुराणहरूमा उल्लेख छ ।

सीता नेपालकी राष्ट्रिय विभूति हुन् । सीतालाई राजा जनककी छोरी भन्ने गरिन्छ । तर वास्तवमा उनी जनकले जन्माएकी छोरी होइनन् ।

त्रेता युगमा मिथिलाको राजधानी जनकपुरधाममा विदेह राजा जनकले सुनको हलोले यज्ञभूमि जोतिरहेको अवस्थामा बसन्त ऋतुको समय बैशाख शुक्ल नवमीका दिन पृथ्वीको गर्भबाट अर्थात् जमीन मुनिबाट जगत जननी महामाया भगवती सीताको प्रादुर्भाव भयो । राजा जनकको राजप्रसादमा सीताको लालनपालन भएपछि जानकी हुन गयो । राजा जनकले आफ्नो दरबारमा रहेको पिनाक शिव धनु उठाउन सक्ने वीर पराक्रम पुरुषसंग मात्र सीताको पराक्रम विवाह गरिदिने प्रतिज्ञा गरेका थिए । धेरै वीर राजाहरु स्वयम्बरमा आएका थिए ।

सबैले सीतासंग विवाह गर्ने इच्छा गरेर शिवधनु उठाउने कोशिश गरे, तर कसैले पनि त्यो शिव धनु उठाउन सकेनन् । अन्त्यमा भारतस्थित अयोध्याका राजा दशरथका जेठा छोरा श्रीरामले धनु उठाए । अरुले उठाउन पनि नसकेको धनु सजिलैसंग रामले भाँचेर ठूलो पराक्रम देखाए । सीता स्वयम्वरमा सीताले रामलाई वरमाला लगाइदिइन् । रामले सीतालाई पत्नीको रुपमा ग्रहण गरे । सीताजी स्वंयम् लक्ष्मीको अवतार मानिएको छ । रामचन्द्रको अवतारसंगै सीता पनि यो धरतीमा जन्मिएकी हुन् । सीताको रामायणमा महत्वपूर्ण तरिकाले वर्णन गरिएको पाइन्छ ।

सीताजी स्वंयम् लक्ष्मीको अवतार मानिएको छ । रामचन्द्रको अवतारसंगै सीता पनि यो धरतीमा जन्मिएकी हुन् ।

आदर्शपत्नी, आदर्शमाता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा भन्नुपर्दा आदर्श नारीका रूपमा बहुचर्चित सीता नेपाल पुत्री भएकीले उनलाई राष्ट्रिय विभूति मानिएको छ । उनको आदर्श, सच्चरित्रता, सतीत्व, नारीत्व, मातृत्वासल्य, करूणामयी व्यक्तित्वका कारण संसारभरि उनी जगज्जननीका रूपमा पुजित छिन् । सीता नेपाली नारीहरुको इतिहासमा एक उज्ज्वल र अमर नक्षत्र हुन् । उनले समस्त हिन्दूनारी आचरणको एउटा नमूना प्रस्तुत गरेकी छिन् ।

आदर्शपत्नी, आदर्शमाता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा भन्नुपर्दा आदर्श नारीका रूपमा बहुचर्चित सीता नेपाल पुत्री भएकीले उनलाई राष्ट्रिय विभूति मानिएको छ ।

सीताले प्रस्तुत गरेको नारी चरित्रको आदर्शले गर्दा मानव जातिको इतिहासमा उनको नाम अत्यन्त उच्च छ किनकि सीताले नारीहरुलाई पतिव्रताको पाठ पठाइन, चरित्रवान् नारीको उदाहरण दिइन् । त्यसैले सीता नेपाल आमाकी एक महान् राष्ट्रिय विभूति हुन् । अयोध्यामा सीताका विषयमा नकारात्मक कुरा कतिपय मानिसले उठाएपछि रामले सीतालाई पुनः त्याग गरे र उनी एक ऋषिको आश्रममा बसिन् । त्यहीँ लव र कुशको जन्म भयो । सीतालाई पतिव्रता नारीको आदर्श मानिन्छ । उनी धर्तीका काखमा विलीन भएको चर्चा रामायणमा छ ।

सीताले प्रस्तुत गरेको नारी चरित्रको आदर्शले गर्दा मानव जातिको इतिहासमा उनको नाम अत्यन्त उच्च छ किनकि सीताले नारीहरुलाई पतिव्रताको पाठ पठाइन, चरित्रवान् नारीको उदाहरण दिइन् । त्यसैले सीता नेपाल आमाकी एक महान् राष्ट्रिय विभूति हुन् । सीतालाई पतिव्रता नारीको आदर्श मानिन्छ ।

यो पनि पढ्नुहोस्

नेपालका राष्ट्रिय विभुति राजा जनक र उनको योगदान


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !