६ बैशाख २०८१, बिहिबार

नेपालका राष्ट्रिय विभुति राजा जनक र उनको योगदान


राजा जनक

नेपालका राष्ट्रिय विभूतिहरू नेपाललाई विश्व सामु चिनाउने व्यक्तित्वहरू हुन् । जनक नेपालका राष्ट्रिय विभूति हुन् । जनकको वास्तविक नाम शिरध्वज हो । राजा जनक प्राचीन राज्य मिथिलाका ऐतिहासिक राजा थिए । यिनको राजधानी हालको नेपालमा पर्ने जनकपुर शहर थियो भन्ने विश्वास छ । पौराणिक मान्यता अनुसार राजा जनक भगवान श्रीरामकी पत्नी सीताका पिता थिए । जनकलाई विदेह पनि भनिन्छ । विदेहको अर्थ शरीरविनाको भन्ने हुन्छ । राजा विदेह वैश्य पिता र ब्राह्मणी वर्णसंकर आमाका वर्णसंकर सन्तान थिए । जनक उनकोे वंशकै नामबाट राजा जनकका रूपमा प्रसिद्ध भए ।जनक वंशका जम्मा ५२ जना राजा भएका थिए । जनक २२ औं सूचीका राजा हुन् ।

जनकको जन्म र मत्युका विषयमा निश्चित तिथिमिति पाउन सकिँदैन । अनुमानका भरमा ई. पू. ८५० देखि ३८२ सम्मको पौराणिक काललाई उनको जीवन अवधि मानिएको छ । जनकका पुरोहित याज्ञवल्क्य ऋषि थिए । याज्ञवल्क्यले राजा जनकलाई बेलाबेलामा सरसल्लाह दिने गर्थे । त्यसैले मिथिला प्रदेश त्यतिबेला दर्शन विद्याको ठूलो केन्द्र थियो । राजा जनक जन्मसिद्ध योगी थिए । उनले कसैबाट ज्ञान सिकेका थिएनन् । उनलाई आत्मज्ञान भएको थियो । उनले सबै मिलेर सँगै बसौं, बाँडीचुँडी खाऔँ, एक भई काम गरौं, शान्ति कायम गरौं, लडाइँ झगडा गर्नु नपरोस् भन्ने उपदेश सबैलाई दिन्थे । यी पाँच उपदेश हिजो, आज र भोलि पनि उत्तिकै सान्दर्भिक उपदेशलाई सबै धर्मले स्वीकार गरेका छन् । आज पनि उनका उपदेशलाई राज्य सञ्चालनका निम्ति मार्गदर्शनका रूपमा लिन सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !