१८ बैशाख २०८१, मंगलबार

जानिराखौं, उखु खेती गर्दा हुने फाइदाहरू


उखु नगदे बाली वनस्पति श्रेणीको एक वस्तुको नाम हो । विश्वका ५०% कृषकहरूले उखु खेती अपनाएका छन् । उखु चिनि, मिश्री, सखर, आदी गुलियो पद्वार्थको कच्चा पदार्थ हो । उखुको रसलाई रासायनीक परिवर्तन गरेर उक्त वस्तुहरूको उत्पादन गरिन्छ ।

उखु खेतीबाट हुने फाईदाहरू

  • उखु खेतीमा अरु खेती जस्तो धेरै चोटी जमीनको जोत खन गरि रहन पर्दैन । एक पटकमा जमीन खन जोत गरेर उखु खेती गरिएमा कम्तीमा पनि तिन बर्षसम्म त्यसै एक पटक खन जोत गरियको जमीनबाट उत्पादन लिन सकिन्छ ।
  • उखुको उत्पादनसँगै तुरुन्त नगद पैँसा कृषकहरूले प्राप्त गर्न सक्छन् । अरु खेती जस्तो भण्डारण आदीको झंझट पनि छैन ।
  • उखुबाट ग्रामीणक्षेत्रमै यसको खुदो तथा सखर बनायर बिक्रि वितरण गर्न सकिन्छ ।
  • ठुला उद्योगहरुमा चिनी उत्पादनको लागि कक्चा पदार्थको रुपमा काम गर्दछ ।
  • उखु गाउघरमा उत्पादन हुने हुनाले बेरोजगार युबा युबतिहरुलाई रोजगार दिन्रे काम गर्दछ ।
  • भगवानको पुजा गर्दा समेत प्रसादको रुपमा प्रगोग गर्न सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !