।।ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्।।
त्याे प्राणस्वरूप रहेको, दुखलाइ नाश गरी सुख प्राप्ती गराईदिने, सवैभन्दा श्रेष्ठ, तेजस्वरुप भएका, पापलाई नाश गर्ने, देवस्वरूप परमात्मालार्इ हामी अंत:करणमा धारण गराैँ। ति परमात्माले हाम्रो बुद्धी लाई सत्मार्गमा हिँड्न प्रेरित गरुन् ।
तपाईँले दैनिक रुपमा जनै समातेर बिहान बेलुकी मनमनै जप्ने गरेको यो मन्त्र साँच्चै के होला ? यसले हामिलाई के दिन्छ ? भन्ने भान सबैमा छ । आज बिहानै एक मित्रले यो बिषयमा प्रश्न गर्नुभएको थियो। सायद धेरैले यसको नेपाली अनुवाद थाहा पाइ सक्नुभयो होला। नेपाली अनुवाद थाहाभएपछी हामिलाई लाग्छ, यसमा ता केही छैन फेरी यसको महत्व के छ ? यही प्रश्न हामी सानो छँदा सोधिन्थ्यो सरहरुलाइ। सरल संस्कृत पढाउने गुरुलाई यस्तोकुरा सोधेर हैरान गरिन्थ्यो। प्राय: सबै बाट आउने उत्तर एउटै हुन्थ्यो कि “यसलाई नेपाली मा भन्नु हुँदैन,भन्यो भने पाप लाग्छ “।
जानी नजानी अर्थ थाहा नभैकनै जप्न थालियो गायत्री मन्त्र ब्रतबन्ध गरेको दिनदेखिनै । बिज्ञान बिषयको बिध्यार्थी भएपछी गायत्री जप्न त के जनै लगाउन पनि छोडियो । के के न जान्ने भएँ भन्ने घमण्डले भरियो दिमाग । म त साइन्स पढेको मान्छे, अरु भन्दा खतरै छु जस्तो लाग्ने, अरुको तर्कलाइ कौडी नगन्ने बानी पनि पर्न थाल्यो । यस्ता धर्म शास्त्र, वेद ,गीता आदी सव मिथ्या हुन् जस्तो लाग्न थाल्यो । घमण्डै घमण्डको बिचमा रुमल्लिएर भुगर्भ शास्त्रमा डिग्री पास गरेपछी बल्ल थाहा भयो कि “ज्ञान बिनाको बिज्ञान अज्ञान रहेछ” । जब मानिसमा चेतनाको बिकाश भयो, तब उस्ले आफ्नो समाज वा समुदाय निर्माण गरी बस्न थाल्यो। जिवनलाइ परिवर्तन गरी समाजमा सामाजिक भावनाको बिकाश गरी अनुशासन, मुल्य, मान्यता, समानता आदीलाइ अबलम्बन गरी एउटा आधुनिक सभ्यताको बिकाश चानचुने कुरा होइन । ढुङ्गा ठोकेर धारिलो बनाउनु, ढुङ्गा घोटेर आगो निकाल्नु, खोला माथी पौडन सिक्नु यि आदी कुराहरुले देखाउँछ कि मानव सभ्यता एउटा सनातन सोच्, अध्ययन र अनुशासनबाट चल्दै आएको छ । नारीलाइ श्रीष्टीको स्वरुप मान्ने र देबीको रुपमा पुजा गर्ने या भनौँ सम्मान गर्ने चलन चल्दै आयो ।
संसारमा त्यो अदृश्य शक्ती छ, जस्ले हामीलाई नियन्त्रण गरिरहेको छ भन्ने भान र विश्वास आम मानवमा थियो। भगवानको पुजा आजा र ध्यान गर्नाले मागेको कुरा प्राप्त हुन्छ भन्ने बिश्वास हुन्थ्यो । उनिहरु पुरै ध्यान केन्दृत गरि, अशल बिचार मनमा लिएर एक चित्त भएर ध्यान गर्थे र चेतन्, अचेतन र अर्धचेतन मनको समायोजन गरी नयाँ कुरा एव्ँ शक्ती प्राप्त गर्थे । उनिहरु भविश्व देख्थे, शक्ती लाइ पिण्ड र पिण्डलाइ शक्तिमा बदल्थे। आजका मानिसहरु आफ्ना गलत बिचार हरुले शक्ती क्षिण हुँदै गराईरहेका छन् ।
ऋषिमुनीहरु आफ्ना सम्पुर्ण काम, क्रोध, लोभ, मोहलाइ नियन्त्रण गरी सम्पुर्ण ध्यान अन्तर्मनमा केन्दृत गर्दथे र शक्ती र ज्ञान प्राप्त गर्दथे । यसरी त्यो अन्तरमन या आत्मा भित्रको परम आत्त्मा जस्ले हाम्रा सारा दुख हटाइ, कुबुद्धि, खराब बिचार हटाई हामिलाइ शत्मार्गमा डोर्याउँछ, त्यसैले अशल बिचार जन्माउँछ र त्यही अशल बिचार पुर्णत बिज्ञान बन्दछ ।
त्यसैले शब्दको सिधा अर्थ खोज्नु भन्दा भाव खोज्नु पर्दछ। भाव भित्र संसार अढेको छ । मनको मदानिले बिचारलाइ मथेपछी बिज्ञान जन्मन्छ । बिज्ञानलाई ज्ञानको आँखाले हेरेपछी त्यो आबिस्कार बन्दछ । बिचार बिज्ञान र ज्ञानको संयोजन नै गायत्री मन्त्र हो ।
परमात्मा अनकन्सिअस्(अचेतन्) माइण्ड हो । यो ब्रम्हाण्ड हो । त्यहाँ हरेक चिजको भण्डार छ । ब्रम्हाण्डको सबै शक्ती त्यस्मा केन्दृत छ । सपनामा उडेको देख्नु, डरलाग्दा जनावरहरुसँग लडेको देख्नु, ठुलो खोला सहजै तरेको देख्नु, यि सब अन्तरमनमा लुकेका ब्रम्हाण्डरुपी अचेतनमनमा रहेका शक्ती हुन् । योग तथा ध्यान भनौँ कन्सन्ट्रेसनको माध्यमबाट उक्त अचेतनमनको यात्रा गर्न सकिन्छ र अचेतन मनका कुरा थाहा पाउन सकिन्छ । कहिले काहिँ अचानक दिमागमा नयाँ कुरा आउँछ, जुन कहिल्यै देखेकै छैन र सुनेकै छैन ।
त्यो अर्ध चेतन मनले अचेतन मन र चेतन मनको कनेक्ट गराइदिन्छ। जुनकुराको अस्तित्व ब्रम्हाण्डमा छैन त्यो सोच दिमागमा पनि आउँदैन ।
र अन्तमा गायत्री मन्त्र नेपालीमा भन्न नहुने चिज होइन, बरु यसको अर्थ सबैले बुझ्न जरुरी छ। अर्थ सङ्गै भाव पनि बुझेर कन्सन्ट्रेट भएर दैनिक मेडिटेसन गर्ने हो भने यसले मष्तिस्कका तिनवटै भागको कनेक्ट गराई मानिसलाई तनाब बाट मुक्ती दिलाई, बिचार र बिज्ञानको मार्फ बाट शक्ती प्राप्ती गर्न सहयोग गर्नेछ ।