२९ बैशाख २०८१, शनिबार

यस्तो छ आमाको मुख हेर्ने दिनको विशेष महत्व


आमाको मुख हेर्ने पर्व

जननी जन्म भुमिश्च स्वर्गादपि गरियसी !!
‘मातृ देवो भव’ भनेर हामीलाई हाम्रो सनातन धर्मले सिकाएको छ ।
‘तिमी मलाई असल आमा देउ, म तिमीलाई राज्य दिन्छु’, नेपोलियन बोनापार्टको यही वाणी काफी छ आमाको महिमा बुझ्नको लागि ।
अन्ध्यारो रात उज्यालो पार्ने आकाशमा जुन छ ।
स्वोर्ग भन्दा पनि माथि आमाको ठाउँ हुन्छ ।।

आज मातातीर्थ औसी, जसलाई चलनचल्तीमा आमाको मुख हेर्ने दिन पनि भनिन्छ । आमाप्रति श्रद्धाभक्ति, आदर र सम्मान गरी मातातीर्थ औंसी मनाइने गरिन्छ आजको दिनमा । आमाले अनेक कष्ट व्यहोर्दै नौ महीना गर्भमा राखेर शिशुलाई अन्न, जल र श्वाससँगै ममता, स्नेह र संस्कारले सिंचन गर्छिन्; कठोर प्रसव पीडा झेलेर सन्तानलाई पृथ्वीमा पदार्पण गराउँछिन् ।

आफूले नखाई–नखाई सन्तानको भोको पेट भर्छिन् । आफ्नो ज्यानको पर्वाह नगरी सन्तानको जीवन रक्षा गर्छिन् र मानव संसारको जीवनचक्र चलाउँछिन् । यही कारण आमालाई जगत जननी भनिन्छ । मानव जातिका लागि धर्तीले जति बोझ् थामेकी हुन्छिन्, सन्तान र परिवारका लागि आमाले त्यतिकै कष्ट उठाउँछिन् भन्ने मान्यता छ । जसलाई हामी हरेक पिडामा पुकार गर्छौ ।

वैदिक कालमा मातृ वियोगबाट दुखी भई भावविह्वल हुन पुगेका मनुष्यलाई भगवान बिष्णुले मातातीर्थको सोही कुण्डमा स्नान गराई दिवंगत आत्माको दर्शन गर्न लगाई सान्त्वना दिलाईएको किबंदन्ती समेत रहेको छ । विशेषगरी आजका दिन सो कुण्डमा स्नान गरी पबित्र भई मातृस्मरण गरेमा मातृऋणबाट मुक्त हुने मृत्युपर्यन्त बैकुण्ठबास हुने जनबिश्वास रहेको छ ।

आमालाई मनदेखी नै माया गर, अनी व्यबहारमा पनि गरेर देखाउ ! आफ्नो जन्म दिने आमालाई रुआउने, गाली गर्ने, चित्त दुखाउने ब्यक्ती संसारको सबैभन्दा ठुलो अधर्मी, पापी, अनी नालायक हो । आफनो जन्म दिने आमाको माया नगर्ने संसारमा कोही पनि छैंन् ।

मातृवात्सल्यले ओतप्रोत भएका वालकहरुको भविष्य राम्रो हुने विभिन्न अध्ययनहरुले देखाएको छ । सधै सधै आमाको मुखमा खुशी देख्न पाउ । आमाको अनुहारमा खुशी र आनन्द ल्याउन सके जिवन धेरै सार्थक र अर्थपुर्ण हुने छ ।

*हाल युएईमा रहेका बिर्तामोड, झापाका अमित संग्रौला साहित्यकार हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु