११ बैशाख २०८१, मंगलबार

यस्ता छन् छोरीको घर विग्रनुका कारणहरू


छोरीको विवाह

हामीले छोरी जन्माउछौं विवाह दान दिन्छौं र दिएको छोरीलाई फेरि माइतैमा राख्छौं भने छोरीको भविष्यमा हामी तगारो बनेका हुन्छौं । त्यस्तो परिवारका सदस्यलाई छोरी दिन्छौं भने त्यो घरमा परिवारले अर्काको छोरीलाई सहि नजरले हेरेको हुदैन ।

यस्ता थुप्रै परिवारको अध्ययन अनुसार हामीले यो-यो पायौं । आजकाल यस्ता घटना समाजमा देख्न सकिन्छ । अर्को रोचक प्रसंग छ हरेक कुरा घरको सुन्ने श्रीमानले पनि श्रीमतीलाई कदापि सुखी देख्न चाहदैन ।

त्यस्ता व्यक्तिले पनि श्रीमतीको सहयोग कदापि पाउने छैनन् । हामी अमर छैनौं छोरी आफ्नो होस् या परायको उनी पनि छोरी हुन । आज छोरीमाथि यस्ता घटनामा धेरै वृद्धि भएको देखिन्छ । यस्ता घटना बढ्नुमा कानुन कमजोर भएको महिला हिँसामा यसले सहयोग पुर्याएको प्रष्ट देखिन्छ ।

सवैभन्दा ठूलो कुरा महिलालाई खेलौना समझने समाजले अर्काको छोरीमाथि अत्यचार भएको मौन दर्शक बनेर हेर्छ भने भोली अरूमा पनि यो समस्या नदोहरियला भन्न सकिदैन । त्यसैले सबैले यस विषयमा गहिरिएर सोच्न आवश्यक छ ।

महिला हिंसा महिलाद्वारा नै भएको देखिन्छ यसको ज्वलन्त उधाहरण हो सासुले बुहारीमाथि गर्ने अत्यचार । आज जति पनि घटना भएका छन् सासु नन्दबाट भएका छन् ।

नन्दले भाउजुलाई सासुले बुहारीलाई गर्ने व्यवहार सुधार्न कानुन शशक्त हुनुपर्छ । समय परिवर्तन भए पनि महिला हिंसामा सुधार हुन सकेको छैन । यस्ता विषयमा सरकारको ध्यान जान आवश्यक छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !