नेपालमा महायुद्ध भयो राजा फाले, विकास फाले देशको इज्जत फाले, हिजोसम्म राजा नभन्नेहरू आज राजा भन्दैछन् । परिवर्तन शायद यही होला अभिभावक नचिन्नेहरूको हाली-मुहाली छ । देश बनाइ दिनेको कुनै इज्जत छैन । नेपालीले नेपाली मारेर शहिद घोषणा गरिन्छ ।
भारतमा अंग्रेजले राज गरे अंग्रेजका सालिक अहिले पनि देख्न सकिन्छ । तर यहाँ आफ्नै बाबुले बनाइदिएको देश जस्तै गरेको अनुभव गर्न सकिन्छ । परिवर्तनको नाममा भ्रष्टाचार भए कमाउनेले अतुल सम्मपत्ति कमाए मोज गर्नेले गरे आज हात थाप्दै ब्यस्त देखिन्छ सायद यसैलाई परिवर्तन भन्दा रहेछन् लोकतन्त्रमा ।
परिवर्तन भए सवै मान्छेलाई मान्छे नभन्नेहरू धेरै छन् यहाँ आज मोज गरौं भोली देखाजाला भन्नेहरूले नै लोकतन्त्र धरापमा पार्दैछन् । चाहे राजसंस्था किन नहोस् या लोकतन्त्र नै किन नहोस् व्यवस्था नराम्रो होइन तर काम गर्न नजान्नेहरूका कारण हरेक व्यवस्थालाई नराम्रो बनाइएको हुन्छ।
यहाँ सबै हुदा पनि देश किन ओरालो लाग्यो यसको ठोस कारण हो नाच्न नजान्नु असक्षम नेतृत्वको हातमा देश पुग्नु देशले कपुत जन्माउदाको परिणाम भनेको यही हो यसले नत देश परिवर्तन हुन्छ नत यहाँका मान्छे नै ।
नाच्न नजान्नेले हमेसा आँगन जति ठूलो भएपनि सानो नै देखेको हुन्छ । देशको जनसंख्याको आधारलाई लिएर हेर्ने हो भने खाने धेरै भए आम्दानीको स्रोत कम भयो । आम्दानी अनुसार संख्या हुनुपर्छ तर यहाँ सबैलाई भाग बाँड्दा देशलाई टुक्रा टुक्रामा बाडियो यसरी देशको स्तरलाई समाप्त पारिदै गयो ।
गाउँ-गाउँमा किन चाहिन्छ राजधानी भुरे राजा उत्पादन गराउन । हिजो पृथ्वीनारायण शाहले देशलाई एकीकृत गरेर सिङ्गो देश बनाइदिए तर आज त्यही देशलाई मागेर खाने भाँडो बनाइदिएको अनुभव गर्न सकिन्छ ।
यहाँ विकास चाहेको भए प्रशस्त सम्भावना थियो विकासमा खर्च हुने बजेटलाई राजधानी बनाउदा खर्च भयो यही हुनाले देशले फड्को मार्न सकेन । प्रतिभाको खोजी गर्न सकिएन खोज त गरियो फटाहाहरू जसमा स्वार्थ नै स्वार्थ भरिएको देखिन्छ । अब परिवर्तन यदि हुन्छ भने राजाबाटै सम्भव छ । देशको विकास गरेर हुने हो गफ गरेर कदापि सम्भव छैन ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।