७ बैशाख २०८१, शुक्रबार

यस्तो रहेछ नेपालमा एमसिसी पास हुन नदिनुको कारण


एमसीसी

हरेक सम्पन्नसाली देशले कमजोर देशलाई आर्थिक प्रलोभन दिएर सहयोग गरेको हुन्छ । त्यो सहयोगको पछाडि उस्ले राम्रो फाइदा उठाएको हुन्छ । त्यस्ता सहयोग हाम्रो देशमा अनुत्पादन क्षेत्रमा लगाउने गरेको हुन्छ ।

बाटो घाटो आवश्यक छ त्यसका लागि राज्यले विभिन्न देशको सहयोग लिएर बनाएको हुन्छ । नेपालमा सहयोग बाट थुप्रै उद्योग बाटा-घाटा बन्दै गएका थिए तर यो शिलसिला त्यतिबेला रोकिन्छ जतिबेला नेपालमा लोकतन्त्र जनताको राज हुन थाल्दछ ।

जनता दु:खी छन् अतुल सम्पति जोडन चाहन्छन् । सम्पति बेचेर राजनीतिमा हाम फालेका हुन्छन् । कमाउन गएकाले समाज र देशको भलो होइन् आफ्नो भलो गर्न गएको पक्का हो यसमा २ मत छैन । देशको मुहार फेर्न त्यस्ता व्यक्ति आवश्यक छ जसमा सम्पतिको लोभलालच नभएको होस् ।

आज कमजोर अन्य मुलुक उद्योग व्यापारमा लागेर देशलाई सम्पन्न बनाउदै गए । हाम्रो देश भने आफुलाई बनाउन अतुल सम्पति र फिजुल खर्च गर्दै गए । यहाँ फरक यति नै हो । विकास चाहेमा हुन सक्थ्यो तर स्वार्थमा डुब्दै गए ।

नेपालमा जुनसुकै पार्टी सरकारमा गएपनि विकासको सपना कल्पनामा सिमित रहने छ । यहाँ राजनीति दलको भरणपोषणमा उठेको करले नपुगेको हुनाले सहयोग आउछ सवै तलब र भत्तामा स्वाहा भएको सहज अनुमान लगाउन सकिन्छ ।

जबसम्म यो व्यवस्था नै परिवर्तन हुदैन तब सम्म देश डुब्दै जाने छ । मैले ब्यवस्था परिवर्तन नहुदासम्म देश ओरालो लाग्न सक्छ भन्नुको अर्थ हो कसैले कसैलाई काम गर्न नदिने वातावरणलाई लिन सकिन्छ ।

विकासलाई अग्रपंक्तिमा राखेर अघि बढ्न नसक्नु जस्ता कामले सहयोग आयपनि कुनै तुक छैन। आज एमसीसी पारित गर्नु हुदैन भन्ने आवाज जनमानसमा उठेको छ । एमसीसी पारित किन नगर्ने भन्ने प्रश्नको उत्तर हामीले विगदमा गरेका सम्झौतालाई लिन सक्छौं ।

राजनीतिक बृतमा आफ्नो स्वार्थ पुरा गर्न जस्तो सुकै सम्झौता गर्ने तरिका नै गलत छ। आज देशमा भ्रष्टाचार भएको छ। एमसीसीले दिने रकम भन्दा बढी रकम हामीले भ्रष्टाचार गर्नेहरु बाट उठाउन सक्छौं । यस्तो कार्य नेतृत्वबाट किन हुन सकेन यसको ठोस् कारण हो स्वयम् भ्रष्ट हुनु ।

नत्र फिजुल खर्च र भ्रष्टाचार रोकेर उठेको रकमलाई बन्द उधोगमा लगाउन सके परिवर्तन टाडा थिएन। त्यसैले एमसीसी यो देशको लागी घातक छ । यो मेरो मात्र होइन हरेक नागरिकको विचार हो । सहयोग अनुत्पादन हुनाले नेपालमा एमसीसी लागु गर्नुभनेको जनतालाई लागुऔषध खुवाएर सुताउनु सरह हो ।

नेतृत्व बर्गले जनभावना विपरीत नबुझेको कुरालाई लागु गर्दा यसको परिणाम गलत हुन सक्ने छ । जनताको भावनाको कदर गर्नुस् यसले कालान्तर जनताको सहयोग मिलिरहने छ । देशलाई आफ्नै पाखुराबाट विकास गराउने काममा जुट्नुस् भन्ने एक आम नागरिकको आह्वान छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !