८ मंसिर २०८१, शनिबार

नेपालमा अमेरिकी परियोजना एमसीसी केका लागि ?


एमसीसी

एमसीसीबारे केहि बोल्न मन लाग्यो वास्तवमा यो आवश्यक छैन । आमाको दुधले पुगेन बाबुको घुडो चुसेर कहिलै पुग्ने छैन याद रहोस् । आज देशमा सहयोग आउछ कहाँ हराउछ यो भनी रहनु पर्ला जस्तो लाग्दैन । देशमा भ्रष्टाचार दिन प्रतिदिन बढ्दैछ ।

कमिसन खानेहरूको तागत दिनदिनै बढ्दैछ । भएका सन्तान मासेर नयाँ सन्तानका आशा गर्नेहरु कै कारण देशको अर्थतन्त्र धरासायी हुदैछ किन चाहियो सहयोग ? के सहयोगको राशिले देशमा विकास भएको उदाहरण कसैले दिन सक्छ ।

बरू म दिन सक्छु नेपालमा एमसीसी जस्ता सहयोग काम छैन । हिजो चाइना भारत जस्ता देशले दिएको सहयोगमा बनेको कागज कारखाना जस्ता थुप्रै उद्योग समाप्त पारिए । बाटो घाटो के का लागि ? जहाँ नत उद्योग छ नत उद्योग खोल्ने सोच नै छ ।

अरूको विकास गर्नलाई ? आज नेपालले विधुत भारतबाट खरिद गरेको छ । केका लागि आवश्यक छ बिद्युत प्रसारण लाईन जहाँ विधुत उत्पादन गर्ने सोच छैन पहिले उत्पादन गरेर देखाउनुस । एमसीसीले गर्ने काम के हो ? सबैले भन्नुहोला बाटो घाटो बनाउन, प्रसारण लाईन बनाउन, यो त राजसंस्थाकै पाला देखि बन्दै आएका छन् परिमार्जन गरे पुगी हाल्छ । भ्रष्टाचार रोक्नुस् विदेशी सहयोगको कुनै आवश्यक छैन नेपालका लागि ।

सहयोगबाट बनेका उद्योग चलाउन नसक्नेले केको सहयोगको अपेक्षा लिने । विकासको एजेन्डा नभएको देशमा सहयोगको कुनै आवश्यक छैन । खास भन्ने हो भने भ्रष्टाचारबाट लिप्त भएको देशमा अन्तर्राष्ट्रिय सहयोग आउनुको कुनै औचित्य छैन ।

सहयोग आएर के भयो? कहाँ के काम भएको छ ? चाइनाको सहयोगबाट बनेको कागज कारखानामा ५००० हजार भन्दा बढीले काम गर्दथे खै संचालन गर्न सकेको । खरबौं भ्रष्टाचार हुने देशमा यसको कुनै अर्थ छैन ।

हामीमा राष्ट्र मोह भन्दा स्वार्थमा हाबी हुदै छ। स्वार्थमा डुब्दै गर्दा विदेशी सहयोगको कुनै अर्थ छैन । त्यसैले पहिलो काम उधोग,विधुत र खानी उदखलन जस्ताकाम राष्ट्रको ढुकुटीबाट गराउनुस् । सहयोग भ्रष्टाचारीबाट उठाएर विकासमा लगाउनुस् यसले बाटो-घाटो प्रसारण लाइन सवै बन्दै जानेछ ।

एमसीसी जस्ता राष्ट्रघाती सहयोग जनतालाई छैन । देश र जनताको भावनालाई कुल्चेर जुन काम यहाँ हुदैछ यसले नत देशको भलो हुन्छ नत जनताको नै यदि हुन्छ भने दाता राष्ट्रको हुने निश्चित छ । आज हरेक नेपाली विदेशी सामान खरिद गर्न बाध्य भएको अवस्था छ ।

देश उत्पादनमुखी भन्दा परनिर्भरमुखी बन्दै जानु दु:खद हो भन्दा खासै फरक छैन । आज छिमेकीले आफ्नो व्यवसाय नेपालमा फैलाउदै गएका छन् । नेपाली उत्पादन धरासायी अवस्थामा पुग्दैछ । जसरी औषधि कम्पनीले आज देशको आवश्यकतालाई विदेशी मेटिरियल ल्याएर भएपनि युवालाई रोजगार दिन सक्षम भएका छन् ।

त्यसरी नै अन्य व्यवसायलाई पनि चाहेमा गर्दै जान सक्छौं तर यता कसैको ध्यान पुग्न सकेको छैन । नेपालीको पसिना डलर बनेर विदेशमा जादैछ । हिजो राजसंस्थाले सीमित करबाट देशमा उद्योग स्थापना गर्दै आफ्नो व्यापार देश तथा विदेशमा फैलाउदै गएका थिए तर अहिले प्रतिसोधमा भएका सवै उद्योग समाप्त पार्दै सिङ्गो राष्ट्रलाई नै परनिर्भरमा राख्दै गए । परिवर्तनको नाममा भएका सवै उद्योग समाप्त पारिए ।

आज एमसीसी जस्ता विदेशी समस्था नेपालमा भित्राएर नेपालका बहुउपयोगी खनिज र जडिबुटी माथिको कूदृष्टि बुझ्न नसकी जुन समझौता हाम्रा नेतृत्वले कमिसनको लोभमा सिङ्गो नेपालीलाई गुलामको जनजीरमा बाध्ने दुष्ट प्रयास गर्नु भनेको छ । यो सरासर निन्दनीय छ । हामीले चाहेमा देशलाई स्विजरल्याण्ड बनाउन सक्छौं यसका लागि विदेशीसंग हार गुहार गर्नुपर्ला जस्तो लाग्दैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !