११ बैशाख २०८१, मंगलबार

शंकर भगवानको लिला अपरम्पार छ


शंकर भगवान

एक पटक एउटा गाउँमा भोला नामको सीधा-साधा व्यक्ति भगवान शिवको भक्ति रहेछ । उसले नित्य शिवको पुजा गर्दो रहेछ । समय बित्दै गएछ । उसको एउटा बहिनी पनि रहिछन् । बहिनी ठुली हुदै रहिछन् समय बित्दै गएछ ।

भोलालाई बाबुले बोलाएर भनेछन् बाबु बहिनी ठुली भइछे अब यसको विवाह गरि दिनुपर्छ । जाउ साहुसंग पैसा ब्याजमा ल्याएर आउ भनेपछि भोलाले पैसालिएर आएछ बहिनीको विवाह गरि दिएछ । भोला पैसा कमाउन विदेश लागेछ ।

विदेशबाट राम्रो पैसा लिएर भोला घर फर्केछ । घरमा आएपछि सवैभन्दा पहिलो काम उसले साहुको ऋण तिर्न साहु कहाँ पुगेछ । साहुलाई सोधेछ साहुजी मेरो ब्याजसित पैसा कति भयो यो सुनेपछि साहुले सवै हिसाब गरेर पैसा मागेपछि भोलाले पैसा दिएर कागज नहेरि घर फर्केछ ।

केहि दिनपछि साहुले भोलासित धेरै पैसा रहेछ कागत पनि हेरेन भनेर पहिलाको कागज अर्को बुकमा राखेर दोस्रो बुकमा अर्को कागज बनाएर भोलालाई पत्र काटेछ । मेरो सवै पैसा दिनु नत्र म अदालत जान्छु भनेर पत्र लेखेछ ।

समय बित्दै गएछ भोला सारै सोझो हुनाले यसको फाइदा उठाउन उसले अदालतमा मुद्धा दिएछ । मुद्धा परेपछि उ अदालतमा हाजिर भएछ । वकिलद्वारा सोधेको प्रश्नमा मैले सवैपसा दिएको भनेछ । विपक्षी वकिलले पैसा दिदा साक्षीको थिए भनेपछि शंकर थिए भनेछ ।

शंकरलाई बोलाउन केहि पुलिस खटाइएछ । शंकरको ठेगाना सोध्दै मन्दिर पुगेर शंकरको ठेगाना सोद्धा पुजारीले शंकर वाहा नै हो भनेपछि पैतालामा हाजिर हुने वारेन्ट कागज राखेर पुलिस फर्केछन् । तारिख नजीक आएकाले भगवान शंकरले भोलाको न्याय दिन ब्राह्मणको भेसमा अदालतमा उपस्थित भएछन् ।

शकर नामको त्यो व्यक्तिलाई शोधेको प्रश्नमा उसको खोपीमा दुईवटा पुस्तक छन् । तल्लो पुस्तकमा पैसा दिएको कागज छ । भनेपछि पुलिस गएर त्यो कागज ल्यायर जजलाई दिएछन् । न्यायाधिशले सवै हेरिसके पछि फैसला भोलाको पक्षमा सुनाएर शंकरलाई बोलाउनु भनेछन् तर शंकर आफ्नो काम सकेर अन्तर्ध्यान भइसकेको हुनाले भोलालाई ठेगाना सोधेर हक मन्दिर पुगेछन् ।

तर मन्दिरमा मुर्ति मात्र देखेकाले जजले शाक्षात शंकर अदालतमा उपस्थित हुँदा चिन्न नसकेर मैले उहाँलाई कस्ट दिनुपर्यो भन्दै न्यायाधिशबाट स्तिफा दिएर शंकरको आराधना तर्फ लागेछन् । आज हामीले शंकरको महिमा बुझ्न नसक्दा ठुलो दु:खको सामना गर्नु परेको छ ।

भोलाको भक्तले गर्दा आज शंकर भेष बदलेर अदालत पुग्नु परेको थियो । हामीले विश्वासपूर्वक जे काम गर्छौं त्यसको फल अवश्य पाउने छौं । हरेक कामको विश्वास हुनुपर्छ । भगवान छन् तर भगवानको नाममा हामीले गलत काम गर्नु भएन ।

आज हरेक मान्छे स्वार्थमा डुब्दैछन् । भगवानसंग हामीले पैसा माग्छौं । तर पैसा भगवानले दिने होइन यसका लागि हामीले मेहनत गर्नुपर्छ र मात्र चाहेको पुग्न सक्छ । आपत पर्दा उहाँले पक्कै साथ दिनुहुन्छ तर छलकपड गर्नेलाई पक्कै दिनु हुन्न ।

म तिन तालाबाट खस्दा मैले ॐ भनेको थिए तल एक्कासी खस्दा मलाई केही थाहा भएन तर मलाई सामान्य चोट लागेको मात्र थियो । बजारका सवै हेर्न आउनु भएको थियो म शिव भक्त हुनाले सायद म बचेको हुन सक्छु भन्ने मलाई लागेको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !