१ मंसिर २०८१, शनिबार

छोरीलाई शहिद कथा पढाउँदा


Bharat Bhandari
भरत भण्डारी

मेरी छोरी
भर्खर पाँच लागी
उ साँच्चै सानी छे
तर उ आफैँमा ज्ञानी छे।
कहिले हाँसीदिन्छे,
कहिले आँगनीमा नाचीदिन्छे,
तर उ सितीमिती रुन्न।

एक दिन
म पढाउँदै थिएँ उसलाई
एउटा कथा,
त्यो बिरताको कथा,
त्यो आस्थाको कथा
अनि जिउँदो इतिहासको कथा
भनौ शहिद कथा।

अचानक छोरीले सोधी
“बाबा ! यो शहिद को हुन्?”
मैले भनेँ “छोरी ! आफ्नो देशको लागी
मर्न अघी सर्ने, देशको हित गर्ने
अनि देशलाइ सङ्कट बाट जोगाउन
आफैँ मरेका ब्यक्तीहरु शहिद हुन् ।

फेरी छोरीले सोधी
“बाबा! हाम्रो देशमा शहिदहरु कती छन्?”
मैले औँला भाँच्दै भने “अनगिन्ती छन् छोरी”
उसले फेरी सोधी
“बाबा! यति धेरै शहिद भएर पनि हाम्रो देश किन नबनेको?”

मैले भने “छोरी! शहिदले देश बनाउने होइन,
देश त बाँचेकाले बनाउने हो तर के गर्नु छोरी,
सपुत मरेर सपुतनै जिउँदो रहे न देश बन्ने हो,
यहाँ सपुतहरु मर्छन् अनि कायरहरु शासन गर्छन् छोरी”
“किन बाबा ! बिरहरुले शासन गर्दैनन्?”
“गर्दैनन् छोरी, किनकी सपुतहरुलाइ देशको माया हुन्छ,
शासन त गर्थे छोरी यदी तिनिहरु जिवित भए”।

मेरो निर्मम अनुहार हेरेर फेरी छोरीले भनी
“बाबा! तपाइ पनि शहिद बन्नुहोस यो देशको,
तर मरेर हैन बाबा बाँचेर किनकी
मरेर देश बन्दोरहेनछ जब देश बनाउनेनै मरेपछी।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !