१ मंसिर २०८१, शनिबार

एउटा विद्यार्थीको व्यथा


tribendra-timsina

गाउँबाट शहर छिर्यो सपनाको भारी बोकी
पिर लाग्छ त्यै शहरमा हराउने पो हो कि।।

आफ्नो भन्ने कोहि छैन त्यो शहरको भीड माथि
एक्लो लग्छ त्यो ठाउँमा कोहि हुन्न साथी।।

खाने लाउने कसरी हो किताब कापी किन्नु पर्ने
को नै हुन्छ एक अर्कालाइ त्यहाँ आफ्नो गर्ने।।

महिना बित्दा आइपुग्छ भाडा भन्दै घरको माली
कसरी हो दिने उसलाई गोजी हुन्छ सधैँ खाली।।

गाउँमा बस्छन् आमा बुबा आम्दानीको बाटो छैन
दु:ख गर्छन् सधैँभरी पैसा माग्ने आँट छैन।

एक छाक खाइ पढ्नु पर्छ विद्यार्थीको जीवन भन्दै
अरु खान्छन् म:म, पिजा हातभरि नोट गन्दै।।

हिड्न पनि सकिँदैन जिन्दगीलाई मोडी
आधार केही नभए पछि हिड्छ साथी छोडी।

रहरहरु धेरै जाग्छन् साथीभाइको देखी
कल्पना मै सिमीत हुन्छ मन भित्रै लेखी।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !