न आफु
न अर्को
सिर्फ यो उपहास एउटा इतिहाँसको
यो आफैँमा जिवित,
यो आफैँमा अडिक,
कल्प-कल्पको त्यो साहस
चाहे त्यो स्वार्थ या चाहे त्यो हिम्सात्मक युद्द
जे होस् त्यो एउटा परिवर्तन् तत्कालिन समयको ।
यो कस्तो आधुनिता ?
यो कस्तो बिजय ?
यो कस्तो परिवर्तन ?
खै शायद यो मेरो पाखण्डीपन हो या अल्पज्ञान
बुझ्नै सकिन ।
आखिर युद्द युद्दै हो,
ए कलियुगका महामानव हो !
हे उत्तराधुनिक योद्दाहरु हो !
आज मलाइ भनिदेओ कि
त्यो युद्द र यो युद्दमा कती फरक छ ?
त्यो एकता थियो की थिएन मलाइ थाहा छैन
तर म अन्दाज गर्न सक्छु
त्यो युद्द बहादुरी थियो
म ठोकुवा गरेरै भन्छु
त्यो प्रयासले गर्दा आज मेरो नागरिकतामा नेपाल लेखिएको हो ।
हे महान योद्दाहरु हो ! आज मलाइ भनिदेओ
त्यो सडकमा उभिएको सालिकदेखी तिमीलाई केको रिस थियो ?
त्यो पृथ्वीनारायणको इतिहाँसमा के कलङ्क थियो ?
जुन आधुनिक युद्द इतिहाँसमा छैन ।
हे उत्तराधुनिक युद्दवाजहरु हो !
मलाइ यो पनि भनिदेउ कि
तिम्रो युद्द रक्तपात बिहिन थियो ?
अनि तिम्रा युद्दराजहरुले केवल राष्टकालागी लडे ?
त्यो पृथ्विले जस्तो राजा बन्ने सपनामा होइन ।
म अझै खुसी हुनेछु, हे युगपुरुषहरु !
अन्तिममा यो भनीदेउ कि
“पृथ्वीले देश बिगार्यो
सबै जनता मारे र राजा भयो
हामीले इतिहाँस उल्टायौँ
केवल देशका लागी लड्यौँ, जनता बचायौँ” ।
हे युद्द दिक्षित महारथीहरु हो !
मलाई त्यो दिन देखाइदेओ जुन दिनको म प्रतिक्षामा छु,
जहाँ मेरो देश मेरो शिरमाथि हुनेछ
मेरो जात मानव हुनेछ
मेरो धर्म मानवता हुनेछ
मेरो अश्त्र माया र दया हुनेछ
मेरो दिक्षा ज्ञान र विवेक हुनेछ
त्यो दिन
सिर्फ त्यो दिन,
मलाइ न एकता दिवस चाहिन्छ,
न युद्द दिवस
नत गणतन्त्र
न लोकतन्त्र
मलाइ केवल चाहिन्छ,
कर्म दिवस,
हरेक दिन
जहाँ म यो देशको निम्ति काम गरिरहन सक्छु ।