यो राष्ट्र मेरो हो खुशीको ढुकुटी !
जहाँ पाएँ जन्म यो हो स्वर्ग भूमि !!१
यहाँ देवताको पनि बास छ भन्छन !
सायद मनको आस्ता यस्तै कुराले रम्छन !!२
जडीबुटीमा घामको लाली मिसिदा !
अमृत बन्छन फलफूल मानवहरुले खाँदा !!३
यहाँ ताराहरु गगनमा बत्ती बाल्छन्
ज्ञानको पोको फुकाउँदा जल झिलमिल हुन्छन् !!४
यसैले यो भूमिको हामी बिकास मिलेर गरौँ !
हरा भरा उर्वर यो जन्मभूमि पारौँ !!५
मलाई जन्म लिने यहिँको रहर छ !
हरेक जीवन नारी बनेर म जन्मनु छ !!६
म थाड्ग्रो बनौ एक मेरो राष्ट्रको नै !
म हाँसो बनौ हरघडी यो देशको नै !!७
मलाई पाई गौरव गरोस् राष्ट्रले पनि !
अनि जन्मिएको सार्थक होला यो जुनि !!८
हिमाली’पाहाडी अनि यो मेरो देशका !
तराई बासी भनेर केही नै अव नभनि !!९
नेपाली बनेर मात्र यो भूमि लाई सजाऔँ
मायाँ आफ्नै हर कर्मको पोखौँ धरा समृद्द पारौँ !!१०
यो ज्ञानको पुन्ज हो यो शान्ति पुण्य भूमि !
पराईको पिडाले कहिल्यै नदुखेकै त हो नि !!११
तर हामी आफैँ खै के का लागि लड्छौँ !!
किन होला दाजु भाइ झगडा यस्तो गर्छौँ ?१२
पार्टी जुनसुकै भए पनि फरक के पर्छ कुन्नि
देश बनाउन केवल दर्हो छाती चाहिने हो नि !!१३
हामीले सकेको गरौँ नसके मित्रलाई गुहारौ !
जसरी जे गरेर भएपनि भूमि सुन्दर पारौँ !!१४
नमिले डुबिन्छ मिले देश सुन्दर बन्छ !
देश सुन्दर बने हाम्रो भाग्य दर्हो बन्छ !!१५
*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ ।
यो पनि पढ्नुहोस्
कविता – म हिमाल रोपौ यो छातीमा
कविता – हामी नमिले बन्दैन मुलुक