पिरतिको नौलो नौलो सैलि चाहिदैन मलाई
तिमी मुस्कुराए पुग्छ ।
तिम्रो हिमालझै दन्त लहर आधा लुकाई
अनी ति लजालु नयन झुकाइ
मन्द मन्द चालमा
तिमी मुस्कुराए पुग्छ ।
भोक लाग्दा मलाई, भोजन चाहिदैन्
प्यास लाग्दा मलाई ,सर्बत चाहिदैन्
केवल तिम्रो साथ भए पुग्छ
तिमी मुस्कुराए पुग्छ ।
तनाव मा मलाई बिँडी चाहिदैन
र कुनै मदिरा चाहिदैन्
मात्र तिम्रो प्यार भए पुग्छ्
तिमी मुस्कुराए पुग्छ ।
रोगले गाल्दा मलाई , दबाइ चाहिदैन्
तिम्रो मायालु साथ भए पुग्छ
पिरतिको नौलो नौलो सै लि चाहिदैन मलाई
केबल तिमी मुस्कुराए पुग्छ ।