८ पुस २०८१, सोमबार

मनका भावले बुझ यो देश


Shobha Kafle Khatiwada शोभा काफ्ले खतिवडा

यो वुद्द जन्मिएको देशमा शान्तिको खोजि किन गर्नुपर्यो ?
शान्ति नै शान्ति छताछुल्ल छ जताततै; मात्र मनका असल भावले खोज्दा भेटिन्छ !१

चन्द्रले शारदीय प्रभाव छोड्छ जहाँ त्यहाँ शान्तिको उज्यालो किन खोज्नुपर्यो ?
परदेखि नजिक मुटुसम्म नै उज्यालो र सितल शोभायमान र मृदु पन लिएर उपस्थित छ !२

सूर्य विहानै झुल्कने यो भूमिमा; उज्यालोको खोजी किन गर्नुपर्यो ?
उज्यालो त हिमालको हिउँमा जगमगाएर धराको माटो छुदै अन्तरहृदयसम्म बिराजमान पो छ !!३

जलको अभावमा काकाकुलझैँ किन हामी बन्नु र ?
पानी नै पानी नदिदेखि हिमालसम्म टिलपिल छ; हामी तिर्खाले किन यसै यसरी छटपटिनु पर्यो ?४

हामी इन्धनको अभावमा किन बाँच्नु अनि तेल र ग्यासका खानी नभएर के भयो त ?
जलमा भएको शक्तिलाई यसैको सट्टामा उपभोग गर्दा त भै गयो !!५

कर्णाली उजाड अन्न नभएर भयो त के भयो र अन्नका भण्डार त कति कति पहाड र तराईका फाँटसम्म नै छन;
नेपाली हामी भोकभोकै किन हुनुपर्यो ? तिनैको प्रयोग गरेर हरेक प्रदेशसित बस्तु विनिमय गर्दा त भै गयो !!६

देशमा हिजो विकास नभएर के नै पो भयो ?
आज देशलाई मायाँ गरेर मनका भावले देश बुझेर विकास गरे त भै गयो; तिम्रो यो देशलाई समृद्द पारे जगतमा सुन्दर अरुदेश किन पो हुनु पर्यो ?७

जन्मदाता, मायालु र सन्तान छन जहाँ; त्यो भन्दा सुन्दर कुन देश हुनुपर्यो ?
मनको भावले हेर त तिम्रो देश यो त जगतकै सुन्दर देश पो भन्नु पर्यो !!८

असल मित्र; आफन्त छन जहाँ यति; त्यो भन्दा सुन्दर कुन पो संसार हुनुपर्यो ?
तर तिम्रो हाम्रो मन पनि मेरो यो संसारकै सर्वोच्च शिखर सगरमाथा झैँ असल भावले चुलिनुपर्यो !!९

खराव मानिसलाई नराम्रो किन भन्नुपर्यो ?
तिनैले गर्दा तिमी असल हुन सक्यौ;तिनीहरुप्रति त तिमी कृतज्ञित पो हुनुपर्यो !!१०

घमण्डिको घमण्डसित तिमी किन हतास हुनुपर्यो ?
असल मानिसका असल सद्दभावले पो त मन आफ्नो रमाउनुपर्यो !!११

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

विकासको प्रत्याभूति होस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !