उ,
मन्द मन्द मुस्कानका साथ
सुस्त सुस्त गतीमा दाँयाँ बाँयाँ हेर्दै,
कहिले जुँगा मुसार्दै, कहिले कपाल मिलाउँदै
खुलेयाँम सडकमा टहली रहेको साँढे जस्तै
निर्धक्कका साथ ङिच्च ङिच्च गर्दै रुप बदल्दै,
भेष बदल्दै कहिले गर्जदै, कहिले अट्टा हाँसोका साथ
हात फैलाउँदै भिख मागी रहेछ ,
उत्तर आधुनिक माग्ने ।
उ नपाए बेहत सित कराउँछ ,
छरपस्ट पार्छ ,यती मुख चलाउँछ कि,
हरेक पटक उ शब्दकोशहरुमा नयाँ शब्द भर्छ ।
त्यो चिच्याहट , बेतालमेलको रोदन्, र
बेतर्कको हाँसो हेर्दा लाग्छ उ
रङ्गमन्च छोडेर भिख मागिरहेछ, त्यो उत्तर आधुनिक माग्ने ।
उ हिजो केही थिएन भन्छ , तर आज सबथोक छ भन्दैन,
म माग्ने मध्यको सर्वश्रेश्ठ माग्ने हुँ भन्छ ,
अली महङ्गै, सुकिलै, टलक्कै टल्कने पोशाक लगाउँछ ,
अरु माग्ने दाँयाँ बाँयाँ लगाउँछ, निर्धक्क सित ,
निस्फिक्र खुलम खुला हात फैलाएर माग्छ , त्यो उत्तर आधुनिक माग्ने ।
तर उ अरु माग्ने भन्दा फरक छ, माग्ने माग्ने जुटाउन सक्छ,
माग्ने माग्ने फुटाउन सक्छ,
कहिले एक माग्ने सङ्ग मिल्छ र अर्का लाइ एक्ल्याउँछ,
कहिले आर्कै सङ्ग मिल्छ र उसलाइ पनि एक्ल्याउँछ,
उ सङ्ग राम्रै कला छ माग्नेहरुलाइ दङ्ग पार्ने ।
उ कहिले सबै माग्नेहरुलाइ थाँग्नामा सुताउँछ,
र सुटुक्क माग्छ माग्नेहरुको पनि माग्ने बन्न्, त्यो उत्तर आधुनिक माग्ने ।
उ रोएर माग्नुहुन्न भन्छ, शरण पर्नु हुन्न भन्छ,
बरु भाँचिन्छु, दोबृन्न भन्छ,
म माग्नेहरुको अधिकार सुनिस्चित गर्छु भन्छ,
माग्नेहरुलाइ लट्ठ पार्छ, मन्त्र मुग्ध पार्छ र बेहोसीमा लडाएर
आफु सुटुक्क माग्छ, र बेहोस माग्नेहरुको बुइ चडेर्,
नब धनाड्यहरुको आशिर्बाद पाएर पटक पटक बन्छ उ माग्नेहरुको माग्ने, त्यो उत्तर आधुनिक माग्ने । ।
– भरत भण्डारी