१३ बैशाख २०८१, बिहिबार

विकासको प्रत्याभूति होस्


शोभा काफ्ले खतिवडा शोभा काफ्ले खतिवडा

प्रकृति तिम्रो यो अपूर्व सुन्दरतामा; हामी नेपालीले रमाउन सँधैभरी पाऊँ !

तिम्रो सुन्दर यो धरामा असल कर्म; हामी सारा मिलेर नै पोख्दै पो रमाऊँ !!

 

जीवन यो हाम्रो अति नै सुन्दर पार्न; कर्म हामीले धराका लागि गर्नुपर्छ !

कर्म गर्नलाई यो धर्तीमा वातावरण; पनि सहज सुलभ हरपल नै बन्नुपर्छ !!

 

माटो मेरो देशको सुवासित बनोस् हरेक हातका श्रम यहिँ पोखियोस् !

नेपाली जातीहरु मिलेर नै बसेको हाँसेको हर निमेश देख्न पाइयोस् !!

 

सकारात्मक शोच र असल सहयोग सत्तासिनलाई हाम्रो पनि त हुनुपर्छ !

सत्तासिनले पनि अव यो देश बनाउने कुरा त मनले नै बुझ्नु पो अव पर्छ !!

 

देश नबनेर जनता पिडित बने अव सत्ताको पनि सम्मान खेर नै जान्छ !

स्वार्थ लोभ, लालच सबैले सँधैलाई मनबाट देश हितलाई त्याग्नु नै पर्छ !

 

पार्टिगत सिद्दान्तलाई हरपल देशको विकासको क्रममा कतै छोडौँ हामी !

हरेक पार्टि एक बनेर देश यो बनाऔँ पहिले सारा नेपाली मनबाट रमाई !!

 

न्याय र शुशासन जनताहरुले प्रत्यक्ष थाहा पाउनु नै पर्छ !

कानुन नियम नि कडा बनाई मुलुक संचालन हुनु पो पर्छ !!

 

कसैले विचलित गर्न खोज्दा अटल चट्टान झैँ कर्म रहोस् !

कसैले सचेत बनाउन खोजे त्यसमा सकारात्मक शोच बढोस !!

 

जनता देशको भलो चाहन्छन यो कुरा सत्तासिन ले नै बुझोस् !

छिमेकी यति बेला असल छन् सकारात्मकतामा मुलुक बनोस !!

 

बाटो, घाटो र अन्न पानीमा औषधीमुलोमा सहजता होस!

यातायातमा हरेक जनताको सहज पहुँच सबैलाई पुगोस् !!

 

जगतको प्राचिन मुलुक हो यो सौन्दर्य यसको अपूर्व कस्तो छ !

पर्यटन प्रवर्धन राम्रो गरेर पनि हाम्रो यो देश समृद्द हुन सक्छ !!

 

देशका हरेक कुना काप्चाहरु सहित विकट ठाऊँमा पनि यातायात पुगोस् !

सूचना र संचारको सहज पहुँचमा पनि हरेक जनताको लागि हकहित रहोस् !!

 

सहज शिक्षा र रोजगारीमा सहजता जनतालाई जहिँ तहिँ प्राप्त भै रहोस् !

चेलीले यो देशमा अव चित्कारले रगत बगाएर मृत्युलाई अडंगाल्न  नपरोस् !!

 

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

पर्वमय बनौ अव हामी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !