५ मंसिर २०८१, बुधबार

गजल – मनको झरी


यो झरीमा छैन छाता भिज्यो हजुर तन,

तिम्रो दु:ख पिडा संझि रुन थाल्यो मन,

बगाउला कि यो झरीले तिम्रा सबै रहरहरु,

कसो गरी छेकी बचाउं आत्तियो है मन,

 

भिज्यो हजुर कर्तव्यलाई निभाउने मन,

नियन्त्रणको डोरीले नै बांध्यो हजुर तन,

बर्षे भेलले बगाउला कि उमंग र खुसीहरु,

के को छेकबार लगाउनु छटपटी भो मन,

 

बाढी पस्यो डरको हजुर बसमा छैन मन,

भरोसा र बिश्वासलाई डुबाउला कि झन,

बाचा कसम प्रतिज्ञा र खाएका ती कसमहरु,

मुसलधारे यो पानीले भिजाउला कि झन,

*धातामणि पोखरेल साहित्यकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

निष्ठूरी माया


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !