धोट्न जाने यो सुन्दर जीवन हाम्रो;
शिरमा सजिने श्रीखण्ड पो हो !
नजाने, नबुझे त यो अमूल्य जीवन;
काठको त्यो धुलो सरी पो हो !!
यो हिमालको देशको अव म त एक;
सुन्दर कथा सबैलाई नि सुनाऊँछु,
यो पहाड अनि त्यो मेरो मधेसको,
ब्यथा राम्रोसित भन्न म सक्छु !!
गुराँस सुनाखरी अनि बनका चाँपका,
गहना भिरेको मेरो यो देशको !
यार्सा, कस्तुरी र गुराँस पारिजातले,
सजिएको हरेक प्रदेशको !!
कर्णालीको त्यो पारी सिन्जादेखि;
देशका हर कुना कन्दराको !
महलमा बस्ने हरेक मनहरुदेखि,
झुपडीमा बस्ने मनरुको !!
देशका हरेक ती असल मनहरुको,
त्याग र बलिदानमय जीवनको !
म कथा लेख्छु यसै देशका खातिर,
बलिदान गर्ने हरेक मनहरुको !!
यस्तो सुन्दर अमूल्य जीवनको;
महिमामय हरेक सन्त मनको !
युवाको जाँगरले भरिएको ज्ञानको,
अग्रजको त्याग र चोखो बलिदानका !!
टिप्न जाने फूल जस्तै सुन्दर,
बन्छ है जीवन यो हाम्रो,
नत्र भने ढुड्गो माटो झैँ पो,
हुन्छ यो जीवन नराम्रो !!
फूल,पात अनि कोपिलाको;
सड्गम हो जीवन हाम्रो !
बनमा फुल्ने मिठो फूलको;
सुवास हो है यो जीवन हाम्रो !!
नचिन्नेलाई खोलाको त्यो,
सेतो ढुड्गो हो रे जीवन !
चिन्नेलाई मगमगाउने पारष ;
पत्थर हो यो जीवन !!
चिन्न जाने त्यो ढुड्गो पनि त;
पारस बन्छ अरे कति राम्रो !
पारखीको हात परे त हरदम;
हिरा बन्छ हरेक जीवन यो !!
पचाउनेल जेसुकै नि यहाँ;
पचाइदेलान कि त के हो !
असल मनले सुक्खद साथ;
खोज्छ है यो जीवनमा राम्रो !!
मनको भाव बुझ्नेलाई अमृत,
जस्तो हो यो जीवन !
नबुझ्नेलाई खुर्पाको बिडँ सरि;
नै पो हो जीवन नराम्रो !!
बनमा फुल्ने सुनाखरी झैँ हो;
जीवन यो मगमग !
पारिजातको सुवास झै हो;
जीवन यो पनि जगमग !!
घाम पानी अनि शित र ज्योति;
गाँस्छ उज्यालोमा जीवन !
चन्द्रको सौम्य त्यो चाँदनीमा;
शरदको शोभा बढ्छ है !!
*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ ।