१२ पुस २०८१, शुक्रबार

म भित्रको मेरो नेपाल


कविता
म नेपाल बोकेर छातीमा
हेर संसार घुमिरहेछु बौलाहा झैं
कराउँछु , बर्बराउँछु संधै
सपनामा मेरो नेपाल
बिपनामा मेरो नेपाल
र घुम्छु सर्वत्र यो संसार
बोकेर मुटुभरी नेपालीपन
बाँड्दै मेरै देशको पहिचान
मेरो नेपाल
सतिदेवी हैनन मेरो शरिरमा
भौंतारिएको छु म तर
झर्न दिन्न कदापि
मेरो ह्रदयको नेपाललाई
अझै उचाल्छु मेरो सगरमाथा
म पुगेजति हिमालहरुमा टेकेर
यहि छातीमा आज म
हिमाल उचालेर मुस्कुराउँछु
पहाड छामेर गम्भिर हुन्छु
तराई मुसारेर दुखि बन्छु
मेरो नेपाल
जननी मेरी ; जन्मभूमी
छिनाल्न सक्छु आफ्नो शिर
उनको पाउमा तर
झर्न दिन्न मेरो नेपाल
मेरो ह्रदयबाट
जहाँ कुँदेको छु चन्द्र सुर्य
मेरै नेपालको पवित्र चित्रसंगै ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !