११ पुस २०८१, बिहीबार

जनताको हाँसोले यो राष्ट्र गुन्जियोस्


शोभा काफ्ले खतिवडा

मुटुभरी छ मेरो प्यारो हिमाल छाती भरी पहाडै पहाड छ !

तराईको मायाँ किन हो मलाई सन्तानको जस्तै पो लाग्छ ?

 

छिन्न भिन्न नहौँ न अव त हामी नेपालका सारा नेपाली सन्तान !

देश हाम्रो प्यारो मुटु जस्तै नै बनोस अनि पानीको होस देशमा रक्तदान !!

 

कर्णालीको विकट सिंजाबाट हाँसो मुहारमा मिसिएला जसै !

मेरो देशको छाती भरी खुशी छरिएला बनेर देशमा समृद्दि त्यसै !!

 

हिमालका यार्शा टिप्ने हरेक कलिला हातहरुमा न्यानो पुगोस् !

पाहाडका अन्न र फलफूलहरु हिमाल तराईसम्म नै डुलोस् !!

 

हिउँको चिसो पानी र बतास तराईतिर कलकल गर्दै झरोस् !

हिउँको पानी उर्जा बन्नलाई मेरो यो देशै भरी डुलोस् !!

 

हिजो जे-जे भयो देशमा अव तिनै कुरा कदापि नहोस !

अन्याय आतड्क भ्रष्टाचार जति मुलुकबाट नै अन्त्य होस् !!

 

हिजो नेताको थियो यो देश अव जनताको  साम्राज्य बनोस् !

जनता धनि बने मात्र देश बन्छ यो कुरा सत्तासिनले बुझोस् !!

 

भोग रोग गरिवी अन्याय अत्याचार यो मुलुकबाट हटोस् !!

देश बनाउन तन मन धन र वचन पोखेर नेता र जनता लागि परोस् !!

 

शिक्षाको उज्यालो घाम जगमगाओस हरेक नेपालीको घर आँगनिमा !

अशिक्षा बेरोज़गारी यो मुलुकबाट हटोस जनताको हाँसोले यो देश गन्जियोस् !!

 

सिमा स्तम्भहरु हराउँदै छन रे खोजी गर्न मिलेर निस्कौँ !

देश अलिकति हराउनु हुँदैन; यो कुरा हृदयले बुझौँ !!

 

थोपा थोपा पानीका मिलेर समुन्द्र विशाल निर्माण हुन्छ !

माटोका साना कणहरु मिलेर विशाल हाम्रो देश नेपाल बन्छ !!

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

एक थान मेरो देश खोज्दै छु म


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !