१० पुस २०८१, बुधबार

सकेनौं


Datamani Poem
Dhatamani Pokharel
धातामणि पोखरेल

किन होला तिमी र म मिल्न सकेनौं,

देश बनाउन हातेमालो गर्न सकेनौं,

मेरो आफ्नो स्वार्थ लाई बुटी बनाएर,

सिंगापुर झैं देश बनाउन हाम्ले सकेनौं ।

 

टुक्रा टुक्रा पार्यौं तर जोडन सकेनौं,

भिन्न हुन  सक्यौं सगोल पार्न सकेनौं,

बिकासका लहर ल्याउन एकजुट भएर,

साझापन नै सर्बस्व हो बुझ्न सकेनौं ।

 

मेहनतले देश बन्छ जान्न सकेनौं,

भ्रस्टाचारले सिध्याउंछ मान्न सकेनौं,

हरिबिजोग देशको हाल छ जनै समाएर,

देश बनाउने कसम खान्छु भन्न सकेनौं….

*धातामणि पोखरेल साहित्यकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

शहर काठमाण्डौ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !