२६ बैशाख २०८१, बुधबार

अनुष्टुभ् छन्द – नयाँवर्ष


नयाँ वर्ष २०७९

ॐ श्रीपरमात्मने नम: ।

नयाँवर्ष वर्ष मनाएर भोगौं अनन्यजीवन ।
नयाँ काव्य कथा लेखौं प्रज्ञा पारेर पावन ।।१।।

नेपालीजनीलाई दिऔं अतुलसाधन ।
नेपाली जनता मानौं दिव्य दिल दिईकन । ।२।।

परमात्मागुणीलाई चढाऔं फूलचन्दन ।
पुत्री पुत्र पढाएर बनाऔं अतिसज्जन ।। ३।।

प्रतिष्ठा विश्वमा राखौं राम्रा कर्म गरीकन ।
प्रणवको गरौं ध्यान सन्सारमा सुखी हुन ।।४।।

अतिथिदेवतालाई दिऔं उत्तमभोजन ।
अवतारहरूलाई गरौं रमेर पूजन ।।५।।

मातपितागुनीलाई गरौं सधैं समादर ।
नेपालको गरून् रक्षा शैलजाशशिशेखर ।। ६।।

गुरुको वन्दना गर्दै जगाऔं भव्य भावना
रीतागोपाल अर्पन्छौं बधाई शुभकामना ।।७।।

गोपालप्रसाद भण्डारी : श्रीवल्लीैधाम, बत्तीसपुतली, काठमाडौँ, नेपाल । हाल : प्रतिष्ठानिकेतन, नटिड्.घमपथ सिडर् हिल् टेक्सस्, संयुक्तराज्य, अमेरिका ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !