७ बैशाख २०८१, शुक्रबार

वरिष्ठ साहित्यकार भडारीको ८६ वर्षको उमेरमा निधन


मृत्यु

मङ्गलबारे । वरिष्ठ साहित्यकार माधवप्रसाद भडारीको मृत्यु भएको छ । हाल काठमाडौँमा बस्दै आएका इलाम नगरपालिका–२ सुम्बेक निवासी उनको ८६ वर्षको उमेरमा आज काठमाडौँ लुबुस्थित आफ्नै घरमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएकोे छ ।

स्व. भडारीको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ । उनका ‘नेपाली कथा’ २०१, ‘गाउँघर कथा’ २०१५, ‘सुन्दर अलङ्कार’ २०१८ (सहलेखन), ‘जन्मघर नाटक’ २०२८, ‘हाम्रो साहित्य र साहित्यकार’ २०२८ निबन्ध लेखन, ‘पूर्णिमा उपन्यास’ २०३०, ‘आमाको आकाङ्क्षा’ २०३६ ‘माधव भडारीका कथा’ २०४०, ‘नबिर्सिने कोशेली’ २०६१ लगायत दर्जनौं चर्चित कृति तथा सङ्ग्रह प्रकाशित भएकोे साहित्यकार राधेश्याम लेकालीले जानकारी दिए ।

साहित्यिक पत्रकार सङ्घबाट प्रदान गरिने मैनाली कथा पुरस्कारबाट २०५८ सालमा पुरस्कृत भएका भडारी महानन्द पुरस्कार, प्रबल गोरखा दक्षिणबाहु चौथो आदिबाट सम्मानित भइसकेका साहित्यकार राधेश्याम लेकालीले जानकारी दिए ।

स्व. भडारीलाई इलाम संस्कृति प्रतिष्ठानले अभिनन्दनसमेत गरिसकेको छ । आफ्नो थर भडारी लेख्ने गरेको उनका परिवारले समेत भडारी नै लेख्ने गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !