८ बैशाख २०८१, शनिबार

कथा – सम्पत्ति दिने होइन लिएर आउने हो


शिव र पार्वती

एक पटक भगवान शिव र पार्वतीको वीचमा गरिब र धनीको वीचमा बहस भएछ । पार्वतीले आफ्नो गरिब भक्तलाई धनी बनाइदिनुस् भनेर आग्रह गर्नु भएछ । गरिबलाई धनी बनाउन दुबै पृथ्वी लोकमा ब्राह्मणको भेषमा गरीवको कुटीमा पुगेछन् ।

गरिबले बलतल्ल एक छाक खानाको बन्दोबस्त गरेर पाहुनाको सत्कार गरेछन् । यो देखेर त्यो गरिबलाई भनेछन्। हेर तिमी धेरै गरिब भएकाले विहान उठ्नु र सोझो बाटो लाग्नु बाटोमा तिमीले एउटा बोरा भेट्ने छौ । त्यो बोरामा सवै पैसा हुनेछ भनेर अघि बढेछन् ।

विहान उठ्नासाथ भने जस्तै सिधा बाटो लागेछन् जाँदा जाँदा अलिपर पुगेपछि पैसा राखेको ठाउँ नेर पुग्दा आँखा पाटियो एकछिन आँखा चिम्म गर्छु भनेर आँखा चिम्म गरेर अघि बढेछन् ।

यो दृष्य महादेव पार्वतीले हेरि रहेका हुन्छन् । महादेवले पार्वतीलाई हेर तिम्रो भक्तलाई । यसमा मेरो केहि दोष छैन उनको भाग्य नै खोटो छ म के गरू भनेर पार्वतीलाई भनेछन् ।

दु:ख पाए भनेर दु:खी नहुनु सुख पाए भनेर घमण्ड नगर्नु किनकी दु:खी पनि जाने हो सुखी पनि जाने हो। यो जन्ममा राम्रो गर्न सके अर्को जन्ममा सुख भोग्ने हो । हामीले स्वर्ग र नर्ग यही भोग्ने गरेका हुन्छौं । कलियुगमा कसैको विश्वास नगर्नु इमान्दार पनि पैसा पाए बेइमान हुने गरेको हुन्छ ।

आज हरेक मान्छेले सोच्ने गरेको हुन्छ उसले कमायो मैले कमाउन सकिन तर जसले परिश्रम गर्छ उसले पक्का फल पाउछ । भगवानले भन्नुभयो जसले धर्म कर्मसंगै व्यापारमा लाग्छ। कसैलाई ठग्दैन भने उ नै श्रेष्ठ व्यापारी भएको हुन्छ । चाल्नोमा दूध दोहेर कहाँ अडकन्छ त्यसका लागी मेहनत गर्न सक्नुपर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !