६ जेष्ठ २०८१, आइतबार

कोइलीको सुरिलो भाका लाग्छ गाली पनि तिम्रो !


girl
prashanta dongol
प्रशान्त डंगोल

कोइलीको सुरिलो भाका लाग्छ गाली पनि तिम्रो !
आज त्यही भाकामा सल्बलायो चुली पनि तिम्रो !!

प्रकृतिले विचित्र बनायो फुलैमा सुवास मिसायो !
बनाउन त परी नै बनायो रैछ मुटु खाली पनि तिम्रो !!

चिटिक्क टिमिक्क मिलाएको जिउडाल तिम्रो !
रिसाएनी हाँसिराख्छ ओठमा लाली पनि तिम्रो !!

भेल मानवको ओर्लेरसर्वत्र छट्पटायो हरिद्वार !
देवदुतका नारद सल्लाहकार जाली पनि तिम्रो !!

गाउँ म कसोगरी सौन्दर्य बखान शब्दमा छ अडान !
सुहाउँदो सिइएको परेला पुतली छ काली पनि तिम्रो !!

* गजल यात्राको छोटो समयमा नै गजल संग्रह निकाल्नु सानो कुरा होइन । हाइकु विधामा नेपाली साहित्य भण्डारमा कृति भण्डार गरिसकेका प्रशान्त डंगोलका गजलहरु एक परिपक्व साहित्यकारका भन्दा कमी देखिदैनन् । उनले गुतिका फूलहरु(हाइकु संग्रह), शिवपुर खटिका(हाइकु संग्रह) र कल्पना हराकको छ आज(तपाईको हातमा) जस्ता कृतिहरु प्रकाशित गरिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !