१३ बैशाख २०८१, बिहिबार

नेपाल भाषाका चर्चित आधुनिक कवि वैद्य रहेनन्


मृत्यु प्रतीकात्मक तस्वीर

काठमाडौँ । नेपाल भाषाका चर्चित आधुनिक कवि पूृृर्ण वैद्यको बिहीबार निधन भयो । भदौ २ गते अस्वस्थ भएपछि उहाँलाई ललितपुरस्थित निदान अस्पताल भर्ना गरिएको थियो । उहाँमा कोरोना सङ्क्रमण पनि पुष्टि भएको थियो ।

उहाँको जन्म १९९७ साल जनैपूर्णिमाका दिन भक्तपुरको चोछेँ टोलमा भएको थियो । ‘सरासू’ कविता सङ्ग्रहका लागि २०२१ सालमा उहाँलाई नेपाल भाषाको पहिलो साहित्यिक पुरस्कार ‘श्रेष्ठ सिरपाः’ प्रदान गरिएको थियो । विसं २०७६ मा उहाँ न्हूजः प्रगतिशील साहित्य पुरस्कारबाट पनि पुरस्कृत हुनुभयो । थुप्रै पुस्तक लेख्नुभएका उहाँको ‘लः लः खः’ शीर्षक कविता सङ्ग्रहको अङ्ग्रेजी भाषानुवाद भएको छ ।

दिवङ्गत वैद्यको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी परिवारजनले दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !