११ बैशाख २०८१, मंगलबार

बुद्ध – अनुष्टुभ् छन्द


बुद्ध - अनुष्टुभ् छन्द

ॐ श्रीपरमात्मने नम: ।

श्रीबुद्ध विश्वविख्यात नेपालका सुपुत्र हुन् ।
अहिंसाका पुजारी र शान्तिका अग्रदूत हून् ।।१।।

तपस्वी प्रेमका मूर्ति ज्ञानका अवतार हुन् ।
बुद्धका दिव्यवाणीमा सम्पूर्ण गुण मिल्दछन् ।।२।।

लुम्बिनीमा लिई जन्म तपस्यामा दिए दिल ।
बुद्धका भावना हुन्छन् पुष्पसमान निर्मल ।।३।।

बुद्धको सम्झना गर्दै भोगौं अनन्यजीवन ।
श्रीबुद्धको प्रतिष्ठा हो सन्सारको गुनी धन ।।४।।

कथा र कविता लेखौं प्रज्ञा पारेर पावन ।
बुद्धको वन्दना गर्दै बनौं अतुलसज्जन ।।५।।

लुम्बिनी होस् मनोहारी हाम्रा निष्ठा मिलीकन ।
जयन्ती बुद्धको मानी पाऔं प्रदीप्त चेतन ।।६।।

हाम्रा बुद्ध महात्मा हून् ज्ञानका दिव्यदर्पण ।
बुद्धजीमा गरौं हामी श्रद्धाभाव समर्पण ।।७।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !