१३ बैशाख २०८१, बिहिबार

स्वागता छन्द – भावना


स्वागता छन्द - भावना

ॐ श्रीपरमात्मने नम: ।

भावना हृदयभित्र उदाऊ
भावना दिल मुलायम देऊ ।
भावना मुदित मित्र मनाऊ
भावना प्रणवका गुण लेऊ ।।१।।

भावना कवि शुभड्.कर पाऊ
भावना प्रथित काव्य बनाऊ ।
भावना सुखद सीप सिकाऊ
भावना सहजमार्ग समाऊ ।।२।।

भावना प्रकृतिका गुन गाऊ
भावना कुसुम कान्त फुलाऊ ।
भावना अतिथि मान्य रिझाऊँ
भावना रुचिर गीत सुनाऊ ।। ३।।

भावना कलममा दिल लाऊ
भावना कमलफूल लगाऊ ।
भावना विमल बाग बढाऊ
भावना भुवनभित्र रमाऊ ।।४।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !