४ बैशाख २०८१, मंगलबार

गीता : अनुष्टुभ् छन्द


गीता : अनुष्टुभ् छन्द

ॐ श्रीपरमात्मने नम : !

कृष्णगीता पढी नित्य पारौं प्रणम्य जीवन ।
कृष्णजी परमात्मा हुन् प्रणवतुल्य (ॐकारझैं) पावन ।।१।।

गीताका गुण गाएर पारौं हृदय कन्चन ।
गीताजीको गरी ध्यान बनाऔं सुकिला मन ।। २।।

गीतागड्.गा मनाएर खोजौं अनन्य (अतुलनीय) साधन ।
गीताका गरिमालाई गर्दछन् शास्त्र वर्णन ।। ३।।

गीताका महिमा हुन्छन् मेदनीका गुनी धन ।
गीताका पूज्यताबाट बन्छन् विशुद्ध आसन ।।४।।

गीतजीमा दिई निष्ठा गरौं मिलेर पूजन ।
गीताको दिव्यताबाट बित्तछन् सजिलै दिन ।। ५।।

गीताका रचना पढ्दा भावना हून् मनोहर ।
गीता हुन् जननीजस्ती माया दिने सधैंभर ।। ६।।

गीताका कविता लेखौं प्रज्ञा पारेर सुन्दर ।
गीताजीको प्रतिष्ठा हो प्रेमको मान्य मन्दिर ।।७।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !