१२ बैशाख २०८१, बुधबार

उपजाति छन्द (इन्द्रवज्राउपेन्द्रवज्राको)


उपजाति छन्द (इन्द्रवज्राउपेन्द्रवज्राको)

ॐ श्रीपरमात्मने नम : छन्द ।

छन् शास्त्रमा धन्य अनन्य छन्द
सड्.गीतमा छन् कमनीय छन्द ।
पुराणमा छन् पठनीय छन्द
सर्वज्ञमा छन् स्मरणीय छन्द ।। १।।

सिलोकमा हून् भजनीय छन्द
सत्प्रेममा छन् मननीय छन्द ।
सद्भावमा छन् रमणीय छन्द
संसारमा छन् महनीय छन्द ।। २।।

गणेशमा छन् कथनीय छन्द
गुणज्ञमा छन् रसपूर्ण छन्द ।
गोविन्दमा छन् अनमोल छन्द
गीर्वाणमा छन् वरणीय छन्द ।।३।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !