७ पुस २०८१, आइतबार

कविता – प्रिय बर्षात


सिमा रोशी

केहि यस्तो समय, तिमीलाई लिएर आयो
मलाई लिएर आयो
त्यो हुनुमा तिमी थियौ र म आए
म थिए र तिमी आयौ !
यसको अर्थ मबाट तिमी बन्नु, तिमीबाट म बन्नु !

यसलाई न कुनै सजीवतामा नाप्न सकिन्थ्यो !
न कुनै अजीवतामा कलम गर्न सकिन्थ्यो !

र केहि यस्तै समय
हामीले पानीका रंगहरुभित्र लेख्यौं !
………………!

तिमी आउनु र म आउनु !
शायद अन्देखा समय जस्तै !
यो भन्दा पर स्वर्गको द्दारपर रवाना हुनु जस्तै !
यी कसरी भए, किन भए न तिमीले जान्यौ न मैले जाने !
जसै कि तिमी आउनु म आउनु अघि र तिमी जानु म जानु पछिका रहस्यहरु, जन्म र मृत्युका रहस्यहरु सायदै लेखिएनन् !
जसै की पानीका रंगको रहस्य कहिं लेखिएलान् !

र पनि केहि धेरै कुरा
हामीले लेख्यौं पानीका रंगहरुभित्र !

…………!

शायद यस भेटहरुका उनका परीभाषाहरु बेग्लै हुन सक्छन्
हाम्रा परीभाषाहरु एकै, या बेग्लै !
जसै कि यी मायिकता, आकस्मिकताहरु सीमित नहुन सक्छन् !

यसरी नै तिमी आउनु म आउनु !
यसलाई न चित्र बनाउन सकिन्थ्यो न चित्रित गर्न !

र पनि धेरै कुरा
हामीले लेख्यौं पानीका रंगहरुभित्र !

यो पनि पढ्नुहोस्

कविता – मैले त यी सबै सबै सित्तैमा पाए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !