७ बैशाख २०८१, शुक्रबार

व्यङ्ग्य कथा : रक्सी उत्पत्तिको इतिहास


रक्सी

सम्भवत: थाहा पाए अनुसार रक्सी मात्र यस्तो चिज हो जस्ले हरेक दिन हरेक पल हरेक क्षण सुख-दुःख, पीडा-दर्द, आँसु र हाँसोको प्रतिनिधित्व गर्न सक्छ ।

रोएकालाई हँसाउने र हाँसेकालाई रुवाउने अद्भुत क्षमता रक्सिमा मात्रै पाईन्छ । अझ भनौं त लुतेलाई पनि पहलमान बनाईदिने सामर्थ्य यसैले राख्छ।

अब लागौं यस्को उत्पत्तिको इतिहासतर्फ ।

कथन अनुसार यस्को पहिलो उत्पादन भेंडी गोठबाट शुरु भएको मानिन्छ ।

परिक्षणका लागि भेंडालाई खुवाईदिएछ । मातेको भेंडाले निकै जोशका साथ गोठालो नभएको मौका छोपेर सुंगुरलाई पनि चखाएछ र बाँकी बसेको रक्सी एउटा रुखमा झुण्ड्याएर लुकाएछ त्यही रक्सी रुखमा बसेको जुरेलीले पनि देखेछ र चोरेर खाईदिएछ ।

कारणबस त्यहि दिन बाघले भेंडा र सुँगुर खाईदिएछ टन्न मासु खाएर रुख मुनि सुतेको बाघ त्यसै दिन चट्याङ परेछ र बाघ लगायत जुरेली पनि मरेछ ।

ती सबैको आत्मा सधैंको लागि रक्सी भित्रै बसेछ ।

परिणामत: हिजो आज पनि एक गिलास पिए पछि जुरेलिको आत्माको असर मीठो बोली सबैलाई सम्मान ।

दुईगिलास पिएपछि भेंडाको आत्माको असर निहुँ मात्रै खोज्ने ।

तिन गिलास पिएपछि बाघको आत्मा सबैलाई हकार्ने ।

चार गिलास पिए पछि सुङ्गुरको आत्मा सबैलाई थाहा भए कै कुरो …

नालीमा जाकिने
फ्वाँ फ्वाँ गर्दै सुत्ने !!

रामचन्द्र तिम्सिना
(आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !