९ पुस २०८१, मंगलबार

लघुकथा – समाजसेवा


गोपाल ढकाल

दयाराम एक समाजसेवी । दीन-दु:खीको सेवामा दिनरात नभनी लागि पर्ने मान्छे ! तर क‍ोरोना पछि भने उनी निष्क्रिय जस्ता नै देखिए। एकदिन भेट्मा मैले उनलाई जिज्ञासा राखे – “तपाईं जस्तोसुकै अप्ठ्यारो र प्रतिकुल अबस्थामा पनि सधै समाज सेवामा अघि सर्ने मान्छे !” मेरो प्रश्न पूरा नहुदै बिचैमा उनले जवाफ फर्काए – “खै के हो के हो समाजसेवा गर्न पनि अब त जागर नै लाग्न छाड्यो ।”

अहिलेको अबस्थामा त तपाईं जस्तो व्यक्तिको झन ठुलो खाँचो छ नि ! के भएर दाईको जागर मर्या हो ? मैले थप प्रश्न गरे ।
“समाज सेवा गर्नु, नाम कमाउनु, चर्चित हुनु भनेको मर्दा धेरै मलामी कमाउन भनेर नै त हो !

अहिले हेर त अहिले कस्तो जमना आयो ! कोरोनाले गर्दा मान्छे मरेपछि आफन्तले त मुख हेर्न नपाउने अबस्था छ । छरछिमेक, मलामीको त के कुरा गर्नु ! त्यसै भएर .. । उनी अकमकाए । त्यसै भएर दाईलाई समाजसेवामा पनि मन मरेर गयो होईन त ?”
मैले नै उनको बाँकी जबाफ पुरा गरि दिए ।

कथाकार गोपाल ढकाल मनोविद् हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

लघुकथा : कर्तव्य


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !