छोराछोरीलाई राम्रो शिक्षा-दीक्षा र संस्कार दिनु प्रत्येक बाबु-आमाको कर्तव्य हो । आफ्नो कर्तव्य पूरा गर्न विबेक र मन्दिराले आफ्नो ४ वर्षीय छोरा रुपेशलाई स्कुलमा बोडर्स गरिदिए ।
बिवेक र मन्दिरा दुबै आ-आफ्नो ब्यबसायमा नाम कहलिएका प्रतिष्ठित ब्यक्ति थिए । उनीहरु आफ्नो काममा अति नै व्यस्त थिए । उनिहरुले रुपेशलाई प्रयाप्त समय दिन सकिरहेका थिएनन ।
रुपेशलाई आफुबाट टाढा राख्नु पर्दा उनीहरु पनि कहाँ खुशी थिए र ? तर उसको पढाइ-लेखाइ, उसको भबिष्य र आफ्नो कर्तव्यले उनीहरु ढुङ्गा जस्तो कठोर बन्न बाध्य थिए ।
रुपेश स्वभावैले आफ्ना बुबा आमासँगै बस्न चाहन्थ्यो । परिबारसँग छुटेर होस्टल गएकाले दिन रुपेश धेरै नै रोएको थियो ।
दिन, महिना र बर्ष बित्दै गयो । समयले कोल्टे फेर्यो । रुपेशले पनि घर जम गर्यो । बुबा आमाको बिजनेस-व्यवसाय समाल्न थाल्यो । विबेक, मन्दिरा बृद्ध – बृद्धा हुँदै गए ।
रुपेश पनि आफ्नो काममा अति व्यस्त हुन्थ्यो ।
आफ्ना बृद्ध भै सकेका बुवाआमाको राम्रोसँग हेरचाह गर्न सकिरहेको थिएन ।
बुवाआमाको राम्रो स्याहार-सुसार र हेरचाह गर्नु प्रत्येक छोराछोरीको कर्तव्य हो । रुपेशले पनि आफ्नो कर्तव्य पालन गर्न कठोर निर्णय लियो । उसले आफ्ना बृद्ध आमा बुबालाई “बृद्ध स्याहार केन्द्र” मा लगेर भर्ना गरिदियो ।
कथाकार गोपाल ढकाल मनोविद् हुनुहुन्छ ।