१३ बैशाख २०८१, बिहिबार

गड्.गाजी : कविता अनुष्टुभ् छन्द


गोपालप्रसाद भण्डारी

ॐ श्रीपरमात्मने नम : अनुष्टुभ् छन्द

गड्.गाजीको गरी ध्यान गीताश्री पढ्नुपर्दछ ।
गड्.गाजीको गरी मान सन्मार्ग चुन्नुपर्दछ ।।१।।

गड्.गाका गुण गाएर कविता कोर्नुपर्दछ ।
गड्.गाका गीत लेखेर सद्भाव दिनुपर्दछ ।। २।।

प्रज्ञा प्रोज्वल पारेर गड्.गाजी भज्नुपर्दछ ।
गड्.जीको प्रतिष्ठाको आदर गर्नुपर्दछ ।।३।।

गड्.गाको पूज्यतालाई प्रेमले पुज्नुपर्दछ ।
गड्.गाको ममतालाई मायालु मान्नुपर्दछ ।। ४।।

गड्.गाजीमा नुहाएर गायत्री जप्नुपर्दछ ।
गड्.गाका रचनालाई उत्कृष्ट ठान्नुपर्दछ ।। ५।।

गड्.जीको गरी पूजा पारौं जीवन पावन ।
गड्.गाको वन्दना गर्दै खोजौं अनन्य (अतुलनीय) साधन ।।६।।

गड्.गाको गरिमालाई गरौं सधैं समादर
गड्.गाको महिमा हुन्छ चन्द्रमाझैं मनोहर ।।७।।

मिति : वि . सं . – २०७७।८।१५।२।
इ.सं. – ११।३०। २०२०।सोमबार।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !