८ बैशाख २०८१, शनिबार

कविता – ऊ कम्युनिष्ट हो


रामचन्द्र तिम्सिना
रामचन्द्र तिम्सिना

अभियन्ताको गर्जनसंग भड्किन्छ,
नागार्जुनको अस्थिपन्जरसंग तर्सिन्छ !
दासढुङ्गाको भुतसंग धड्किन्छ ,
किनकी ऊ कम्युनिष्ट हो !!

निर्मलाको आत्माभित्र किच्कन्य,
सालिकरामको फोटोभित्र मुर्कुट्टा देख्छ !
न्यायसंग डराउँदैन, कानुन मान्दैन,
किनकी ऊ कम्युनिष्ट हो !!

बिस्तारवादसंग झुक्छ,
साम्राज्यवादसंग लुक्छ !
बिरोध गर्ने जनतालाई छानीछानी कुट्छ,
किनकी ऊ कम्युनिस्ट हो !!

दर्शन, सिद्धान्त, लक्ष्य र उद्धेश्यसंग भाग्छ,
बिस्तारवादसंग लम्पसार पर्दै उग्रराष्ट्रवाद छाँट्छ !
गट्बन्दी गर्छ, गल्तिको आत्मसमिक्षा गर्दैन,
किनकी ऊ कम्युनिष्ट हो !!

दलाल, माफियासंग सुत्छ,
तस्कर, दलाल पुज्छ
गद्दारसंग हिड्छ,
सोझासंग भिड्छ,
किनकी ऊ कम्युनिष्ट हो !!

सर्वहाराको झुपडी भत्काएर,
पुँजीपतिको महल टाल्छ,
गरिब किसान मारेर,
बिचौलिया पाल्छ,
किनकी ऊ कम्युनिष्ट हो !!

मार्क्सको फोटो टाँसेर, मोदी पाल्छ !
“जवज” जपेर, त्रिशुलीमा जिप खस्दा पनि चुप बस्छ !!
एमसीसी समातेर अमेरिका तान्छ !!
किनकी ऊ कम्युनिष्ट हो !!
किनकि ऊ कम्युनिष्ट हो !!

रामचन्द्र तिम्सिना
(आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !