१२ आश्विन २०८१, शनिबार

‘बोर्डमा म योग्य भएकाले आएकी हुँ, निकिता पौडेल


nikita

२४ पुस, काठमाण्डौ । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएसँगै चलचित्रकर्मी निकिता पौडेलको आलोचनात्मक चर्चा धेरै भयो । उनि भने यसलाई आलोचना मान्न तयार छैनन् । उनी भन्छिन्-‘यस अगाडि त बोर्ड अध्यक्षलाई नै बोर्डमा प्रवेश गर्न समेत नदिइएको थियो ।

अध्यक्ष नियुक्त भएसँगै ठूला आन्दोलन पनि भएका थिए । तर, यसपटक मैले त्यस्तो केहि भोग्नुपरेन ।’
राजनीतिक नियुक्ती नभई सरकारी नियुक्ती भएको उनले बताइन् । यो मेरो सरकारी नियुक्ती हो । म नियुक्ती हुँदा राजनीतिमा आएको परिवर्तनले मात्र केहि समस्या भएको हो ।

संचारमन्त्रालयवाट मलाई पूर्ण साथ र सहयोग छ भनि बताइन् । निकिताका अनुसार, चलचित्र विकास बोर्डले १ बर्ष भित्रमा देशका सबै हलमा बक्स अफिस लागू गराउनेछ । साथै, केहि महिनामै काठमाण्डौ र देशका मुख्य मुख्य स्टेशनमा इ-टिकेटिङ प्रणाली सुरु हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !