२३ पुस, भक्तपुर । मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार पत्रकार सुशील बन्धु थापालाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ भक्तपुरको २१ औ स्थापना दिवसको अवसरमा स्थापित उक्त पुरस्कार महासंघ भक्तपुरले प्रदान गर्दै आएको छ ।
नेपाल मजदुर किसान पार्टी नारायणमान बिजुक्छेले आइतबार आयोजित कार्यक्रममा थापालाई पुरस्कारबाट सम्मान गरे । पुरस्कारको राशि २ हजार ५ सहित सम्मानपत्र रहेको छ । दुई दशकदेखि पत्रकारितामा क्रियाशिल थापा हाल रफत सञ्चार क्लबका अध्यक्ष हुन् ।
पुरस्कार वितरण समारोहमा बोल्दै नेमकिपाका अध्यक्ष बिजुक्छेले बाम गठबन्धन टुटाउन चलखेल भइरहेको दाबी गरे । उनले यो गठबन्धन स्वार्थी धेरै भएकाले टिक्नेमा समेत शंका व्यक्त गरे ।