आफै रोए आफै हाँसे मेरा रचनाहरु,
कतिले बुझे कतिले बुझेनन मेरा भावनाहरु !!
बुझ्नेले आँसु खसाएर गए नबुझ्नेले हाँसेर गए ,
तिमिले पो पत्याइनौ मेरा चाहनाहरु !!
संस्कृतीमा बिकृती विरुद्ध लेखें,
राजनीतिमा लाजनिती विरुद्ध पनि लेखें,
खै कस्ले बुझ्यो र लेखको मर्म, आयातित थिए सब वहानाहरु !!
कतिले घाममा सुकाए कति आफै सुलि चढे,
मुर्दा जगाउन सकिन मेरा कलमहरु !!
हात दिने थोरै खुट्टा तान्ने धेरै छन् यहाँ,
म हुँ आवाज बिहिनको मलमहरु !!
रामचन्द्र तिम्सिना
(आवाज)