१३ जेष्ठ २०८१, आइतबार

Tag: खेल-पर्यटन

फुल्चोकी क्षेत्र साहसिक खेल-पर्यटन ‘हव’ बन्दै

काभ्रेपलाञ्चोक । गत शुक्रबार पनौती नगरपालिका–२ फुल्चोकी क्षेत्रमा ३५ साइक्लिङ खेलाडीले ‘मड्डी हिल डाउनिङ साइक्लिङ’ प्रतियोगितामा सहभागिता जनाए । नेपालमै पहिलो मानिएको उच्च पहाडी क्षेत्रअन्तर्गत काभ्रेतर्फको फुल्चोकी जङ्गलको हिलो बाटोमा नगरको संयोजनमा आयोजित प्रतियोगितामा १२ वर्षीय बालकसमेतको सहभागिता थियो ।