प्रदेशको युवालाई ५० हजार कमाउने बनाउँछौँ : मुख्यमन्त्री पाण्डे
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशका युवालाई मासिक रु ५० हजार कमाउन सक्ने दक्ष नागरिक बनाउने बताउनुभएको छ । बागमती उद्योग परिषद्ले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२२ को तयारी बैठकमा उहाँले प्रदेश सरकारले तीन महिना बन्द प्रशिक्षण